। सप्तरीको बोदेबरसाइन बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्रयोग गरेको आरोपमा पक्राउ परेका सबै ६ जना हाजिरी जमानीमा रिहा भएका छन् ।
इलाका प्रहरी कार्यालय बोदेबरसाइनको टोलीले शनिबार राति करिब ११ बजे बोदेबरसाइन बजार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबैलाई आइतबार कानुनी प्रक्रिया पूरा गरी हाजिरी जमानीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय कडबोनाका प्रहरी निरीक्षक श्यामणी पोखरेलले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरू ब्राउन सुगरका प्रयोगकर्ता रहेको देखिएकाले उनीहरूको नाम गोप्य राखिएको छ । आवश्यक परेका बेला उपस्थित हुने सर्तमा कानुनी प्रक्रिया पूरा गरी हाजिरी जमानीमा रिहा गरिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार लागुऔषधको ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूको खोजी, निगरानी र नियन्त्रणका लागि जिल्लाभर अभियानलाई निरन्तरता दिइएको छ ।