। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ कानेपोखरी नजिक नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पथरीशनिश्चरे १० त्रिवेणी चोक बस्ने ६० वर्षीय गोविन्द लिम्बू रहेका छन् ।
घटना गएराति करिब बाह्र बजेको हो । प्रहरीका अनुसार घटनामा गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सवारी साधन सहित फरार रहेका चालकको खोजी तथा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।