मुख्य समाचार
बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक
बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक

। बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आइतबार काठमाडौंमा जारी छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेका ६ जना मन्त्रीको सामूहिक राजीनामाबारे आवश्यक निर्णय गर्न बैठक बोलाइएको एमाले नेता जगन्नाथ थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार शनिबार नै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे औपचारिक जानकारी गराइएको थियो । सोही दिन मन्त्रीहरूलाई राजीनामा दिन निर्देशनसमेत दिइएको थियो । सार्वजनिक बिदा र अधिकांश मन्त्री हेटौँडाबाहिर रहेकाले उनीहरूले सोमबार मात्रै राजीनामा बुझाउने भएका हुन् ।

बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात क्षेत्र हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण क्षेत्र हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य क्षेत्र हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ छन् ।


मुख्यमन्त्री बानियाँले १ साउनदेखि लागू हुने गरी १४ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय खारेज गरेका थिए । त्यसपछि खारेज भएका मन्त्रालयका एमाले मन्त्रीलाई गाभिएका मन्त्रालयमा विषयगत जिम्मेवारी दिइएको थियो । एउटै मन्त्रालयमा तीन–तीन जना मन्त्री राखिएको भन्दै सरकारको आलोचना भएको थियो । गत शुक्रबार मुख्यमन्त्रीले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा तीन–तीन जना मन्त्रीलाई जिम्मेवारी तोकेका थिए ।

एमालेका मन्त्रीहरूले ३२ असारमै मुख्यमन्त्री बानियाँलाई भेटेर सामूहिक राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार राजीनामापत्र बोकेर मन्त्रिपरिषद् बैठकमा पुगे पनि अन्तिम समयमा राजीनामा नबुझाई फर्किएका थिए ।

बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार छ । कांग्रेसका तर्फबाट दोस्रो मुख्यमन्त्रीका रूपमा इन्द्रबहादुर बानियाँले २० साउन २०८२ मा सरकारको नेतृत्व सम्हालेका हुन् । यसअघि ९ साउन २०८१ देखि बहादुरसिंह लामा मुख्यमन्त्री थिए । कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव पारित भएपछि लामाको स्थानमा बानियाँ मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री बनेको एक वर्ष नपुग्दै बानियाँ नेतृत्वको सरकार संकटमा परेको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालमा बालयौन दुराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो बेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो । नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ ...
: लागुऔषध नियन्त्रण ब्युरोले ४.२५८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया कोलोम्बियाली महिला योनेथ गार्जोन कैसेडो र ३१ वर्षीया महिला रेबेका पुल्ले रहेका छन्। ब्युरोका अनुसार कोलोम्बियाली महिला असार ३१ गते कतार एयरवेजको उडान नम्बर क्यूआर–६४६ मार्फत कोलोम्बियाबाट दोहाहुँदै काठमाडौं आएकी थिइन्। उनलाई काठमाडौं महानगरपालिका–१६ स्थित ठमेल क्षेत्रबाट पक्राउ गरिएको ...
— भक्तपुरमा एकैदिन छुट्टाछुटै स्थानमा खसेर ३ जनाकाे मृत्यु भएकाे छ । भक्तपुरकाे सूर्यविनायक नगरपालिकास्थित घाम्पेडाँडाकाे एक हाेटलबाट खसेर बर्दिया घर भई हाल भक्तपुरकाे सल्लाघारी बस्ने २७ वर्षीय राज कार्कीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । जन्मदिन मनाउने क्रममा कार्कीसहित साथीहरु जमघट भएकाे र झगडा भएकाे प्रहरीले जनाएकाे छ । घटनापछि कार्कीका साथीहरू र झगडा छुट्टाउन ...
: सरकारले जनसम्पर्क बढी हुने सरकारी कार्यालयको सेवा प्रवाहलाई सहज,सरल र बिचौलियामुक्त बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने निर्णय गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकले मालपोत,नापी,यातायात,श्रम,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत बढी सेवाग्राहीको चाप हुने कार्यालयमा एकद्वार सेवा प्रवाहको व्यवस्था गर्ने निर्णय गरेको हो। बैठकले निवेदन वा उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सहजीकरण गर्न सम्बन्धित ...
: प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए। उनले व्यवसायीहरूका जायज मागहरू कार्यान्वयनमा लैजानका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम