मुख्य समाचार
प्रशिक्षक डिडिएर डेसच्याम्पले फ्रान्सेली टिमको जिम्मेवारीबाट बिदा लिएका छन् र आफूले बिताएको पछिल्लो १४ वर्षको यात्रालाई अद्वितीय रहेको बताए
प्रशिक्षक डिडिएर डेसच्याम्पले फ्रान्सेली टिमको जिम्मेवारीबाट बिदा लिएका छन् र आफूले बिताएको पछिल्लो १४ वर्षको यात्रालाई अद्वितीय रहेको बताए

— प्रशिक्षक डिडिएर डेसच्याम्पले फ्रान्सेली टिमको जिम्मेवारीबाट शनिबार बिदा लिएका छन् र आफूले बिताएको पछिल्लो १४ वर्षको यात्रालाई अद्वितीय रहेको बताएका छन् । उनको कार्यकाल फ्रान्सेली फुटबल इतिहासमै एक सफल समय रह्यो । उनकै नेतृत्वमा फ्रान्सले सन् २०१८ मा मस्कोमा विश्वकपको उपाधि जितेको थियो ।

यसक्रममा उनी खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने तेस्रो भाग्यमानी भएका थिए । उनकै नेतृत्वमा सन् २०२२ मा पनि फ्रान्स विश्वकपको फाइनल पुगेको थियो, तर पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग पराजित रह्यो । यसपल्टको विश्वकपमा पनि फ्रान्सको प्रदर्शन उच्च रह्यो र सेमिफाइनल हार अगाडि प्रतियोगिताकै सबैभन्दा राम्रो खेल्ने टिम रहेको थियो ।

तर अन्तिम चारमा भने स्पेनको हातबाट २–० ले पराजित रह्यो । इंग्ल्यान्डविरुद्धको तेस्रो स्थानका लागि भएको खेल पनि फ्रान्सले ६–४ ले गुमायो । पहिलो हाफसम्म फ्रान्स चार गोलले पछाडि रहेको थियो । उनले उत्तरी अमेरिकामा भएको विश्वकप पनि आफ्नो लागि सुखद नै रहेको प्रतिक्रिया दिए र त्यसका लागि उनले आफ्ना खेलाडी र सहयोगीलाई धन्यवाद पनि दिए ।

डेसच्याम्पले मिडियासँगको कुराकानीमा भनेका छन्, ‘मानवीय आधारमा मेरो लागि अहिलेको यात्रा पनि धेरै खुसी दिने रह्यो । हामीले आठ साता जतिको समय सँगसँगै बितायौं । टिमको तयारीदेखि अहिलेसम्मको यात्राका अनेक सम्झनायक मोड रहे ।’ उनले फुटबलको दृष्टिकोणले भने आफ्नो टिम सेमिफाइनलमै रोकिनुलाई निराशजनक रहेको पनि स्विकारे ।

उनको दाबी थियो, टिम राम्रो गरेको पनि हो, तर अन्तिम तगारोमा असफल जस्तै रह्यो । उनले भने, ‘प्रतियोगिताका क्रममा हाम्रो प्रदर्शनमा धेरै सकारात्मक पक्ष रहे । स्पेनविरुद्धको खेलमा भने हामी चुकेकै थियौं । हाम्रोविरुद्ध त्यस खेलमा स्पेनको प्रदर्शन उच्च रह्यो ।’

अब उनीपछि फ्रान्सेली टिमको जिम्मेवारी जिनेदिन जिदानले सम्हाल्ने तय मानिएको छ । फ्रान्सेली लिजेन्डको नेतृत्वमा फ्रान्सेली फुटबलको भविष्य सुन्दर रहेको दाबी पनि ५७ वर्षीय डेसच्याम्पले गरे । उनले भने, ‘अहिले फ्रान्सेली टिममा निकै प्रतिभाशाली खेलाडीको बाहुल्यता रहेको छ । उनी अबको दिनमा अझ राम्रो खेलाडी हुनेछन् । फ्रान्सेली फुटबलका लागि प्रतिशाली खेलाडीको कहिले पनि कमी रहने छैन् र यसै कारण पनि राम्रो नतिजा आइरहने छन् ।’

२०१२ मा डेसच्याम्पले पहिलो पटक फ्रान्सेली टिम सम्हालेका थिए र त्यसको दुई वर्ष अगाडि मात्रै फ्रान्सेली टिम दक्षिण अफ्रिकामा भएको विश्वकपमा लज्जास्पद प्रदर्शनपछि घर फर्केको थियो । रुसमा विश्वकप जितेको दुई दशक अगाडि डेसक्याम्पले कप्तानकै रूपमा च्याम्पियन हुनुको सफलता हात पारेका थिए । उनको नेतृत्वमा फ्रान्सले लगातार चार विश्वकप खेल्यो ।

२०१४ मा फ्रान्स क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएको थियो र पछि त्यही टिमले विश्वकप पनि जितेको थियो । २०१६ को युरोमा पनि फ्रान्स फाइनलसम्म पुगेको थियो, तर पोर्चुगलसँग पराजित रह्यो । इंग्ल्यान्डविरुद्धको खेलपछि फ्रान्सेली कप्तान किलियन एमबापेले भने, ‘डेसच्याम्पले फ्रान्सेली फुटबलमा पुर्‍याएको योगदान कहिल्यै बिर्सिने छैन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विश्वकप विजेता स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले उपाधिको यात्रा गर्वले भरिएको प्रतिक्रिया दिएका छन् । फाइनलमा अर्जेन्टिनालाई हराएपछि ६५ वर्षीय फुएन्तेले भने, ‘इमान्दारितापूर्वक भन्ने हो भने यति बेला म गर्व महसुस गरिरहेको छु ।’ उनी विश्वकपको उपाधि जित्ने सबैभन्दा पाको उमेरका प्रशिक्षक पनि भएका छन् । उनले भने, ‘यो टिमलाई उपाधिसम्म दोहोर्‍याउन पाएकोमा मैले ...
। १६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ । युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको हो । न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १-० ले ...
: फिफा विश्व कप २०२६ को उपाधि स्पेनले जितेको छ। न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलमा‌ अतिरिक्त समयमा साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो। खेलको पाँचौं मिनेटमा स्पेनका लागि लामिन यमालले प्रहार गरेको बल अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रक्षा गरे। खेलको ३९ औं मिनेटमा स्पेनका लागि मिकेल ओयारजाबालले गरेको प्रहार मार्टिनेजले ...
। हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो । फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । यसअघि हिमालय स्पोर्टस् र डिगो ...
। इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा नेपाल प्रिमियर लिग (एनपीएल) को पेजमार्फत अपलोड गरिएको एक भिडियोमा पिटरसनले नेपाललाई सुन्दर देश भन्दै एक दिन अवश्य भ्रमण गर्ने बताएका हुन् । ‘तपाईंहरूको सुन्दर देश भ्रमण गर्न एक दिन अवश्य आउनेछु। नेपालबारे धेरै राम्रो कुरा सुनेको छु’ पिटरसनले भनेका छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम