मुख्य समाचार
मुख्य राजमार्गका ९ स्थानमा अवरोध
मुख्य राजमार्गका ९ स्थानमा अवरोध

। देशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण सोमबार बिहान ६:५५ बजेसम्म ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ ।

कोशी प्रदेशमा भोजपुरमा मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलामको मेची राजमार्ग (राजदुवाली–ताल्चाजुङ सडक) अविरल वर्षाका कारण पूर्णरूपमा अवरुद्ध छ । प्रहरीले यो सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाएको छ ।

यस्तै, खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी–६ मात्तिम क्षेत्रमा पहिरोका कारण सडक पूर्णरूपमा बन्द छ ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ । मंगलबार बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्थाको मूल्याङ्कन गर्दै सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ ।


सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (तातोपानी जाने बाटो) र वडा नं. २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरोका कारण दुई स्थानमा पूर्ण अवरोध रहेको छ ।

मकवानपुरको कान्तिलोकपथ (हेटौंडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्ड) मा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको छ ।

यस्तै, रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–४ बोगटेखोला क्षेत्रमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर सडकखण्ड र सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित महाकाली राजमार्गमा पहिरोका कारण पूर्ण रूपमा यातायात अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले यात्रा अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले प्रदेश सरकारमा संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने बताएको छ । बीपी स्मृति दिवसका बारेमा जानकारी दिन सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना संविधानले नगरेको भन्दै संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने बताएका हुन् । उनले कांग्रेस प्रतिपक्षविहीन ...
। चालु आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेको कानुन मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ। सोमबार सबै मन्त्रालयका कानुन शाखा/महाशाखाबीच छलफल गरेको कानुनमन्त्री सोबिता गौतमको सचिवालयले जनाएको छ । प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने मन्त्री गौतमको सचिवालयले बताएको छ। ‘कानून निर्माण ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) की दक्षिण- दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक एवम् महानिर्देशक कार्यालयकी क्याबिनेट उपनिर्देशक हुआ याङबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालमा खाद्य सुरक्षा, कृषि क्षेत्रको रूपान्तरण, दिगो कृषि–खाद्य प्रणालीको विकास र दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग विस्तारलगायतका विषयमा ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न नहुने बताएका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड दिएका हुन् । शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा ...
। कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको छ । कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम