मुख्य समाचार
राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा
राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा

। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा आएका छन् ।

भीमदत्त नगरपालिका–१९ का अध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन् ।

वडाध्यक्ष चौधरीका अनुसार उनीहरू च्याउ टिप्दै जाँदा बाटो बिर्सिएको र रातभर जंगलमै बास बसेपछि आज घर फर्किएका हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र प्रवेश गरेका दशरथ टोलका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका थिए ।


उनीहरू ९ जना र ५ जनाको दुई समूहमा विभाजन भई च्याउ खोज्न जंगल पसेका थिए। आइतबार बिहान करिब ११ बजेतिर निकुञ्ज प्रवेश गरेका उनीहरू बेलुकीसम्म सम्पर्कमा नआएपछि स्थानीयवासी र प्रहरीले रातिदेखि नै खोजी कार्य सुरु गरेका थिए।

नेपाल सेना, नेपाल प्रहरी तथा स्थानीयवासीको संयुक्त टोलीले खोजी कार्य गरिरहेका बेला महिलाहरू आफैं सुरक्षित रूपमा घर पुगेका हुन् ।

परिवारको सम्पर्कमा आएका उनीहरूको अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ ।

यसैगरी आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई पनि नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।

उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको नेपाली सेनाले जनाएको छ ।

निकुञ्जमा अवैध रूपमा च्याउ टिप्न गएका तीन जना महिला सम्पर्कविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूले असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौं तराई द्रुतमार्ग निर्माणको कार्य निकै सुस्त भएको र अवको चार बर्षमा पनि निर्माण सम्पन्न नहुने जनाएका हुन् । बैठकमा ...
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन्। मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका हुन् । उनले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे । मन्त्री यादवले श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक ...
। लागु औषध कोकिनसहित दुई विदेशी नागरिक ठमेलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोलम्बियन नागरिक ६२ वर्षीया योन्थ ग्राजोन क्यासिडो र भारतीय नागरिक ३७ वर्षीया रेबिका पुली छन् । उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ४ किलो २५८ ग्राम कोकिनसहित पक्राउ गरेको हो । कतार एवर वेजको उडान नम्बर क्युआर ६४६ द्धारा कोलम्बियाबाट दोहा हुँदै आएकी ...
। पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जीसाइडको भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ । बाग्लुङ नगरपालिका–१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली ४ साउन साँझ करिब ९ बजे उक्त भिरबाट हाम फालेका थिए । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ ...
। जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता/कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् । साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो । सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता/कार्यकर्ता लखेटिएका हुन् । पार्टी कार्यक्रममा सहभागी हुन साम्पाङ जनकपुर आउने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम