मुख्य समाचार
अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो आगामी बाटो के हुने भन्नेबारे अनिश्चित रहेको बताए
अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो आगामी बाटो के हुने भन्नेबारे अनिश्चित रहेको बताए

। लगातार दुई विश्वकप जित्ने टोली बन्नबाट आफ्नो टिम चुकेपछि भावुक बनेका अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो आगामी बाटो के हुने भन्नेबारे अनिश्चित रहेको बताएका छन् ।

४८ वर्षीय स्कालोनीलाई सन् २०१८ को विश्वकपमा अन्तिम १६ बाटै अर्जेन्टिना बाहिरिएपछि मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। त्यस बेला उनीसँग मुख्य प्रशिक्षकको अनुभव त थिएन नै, सहायक प्रशिक्षकका रुपमा काम गरेको पनि छोटो अनुभव थियो। तर शंकाबीच नियुक्त स्कालोनी अर्जेन्टिनाको इतिहासमै सबैभन्दा सफल (धेरै उपाधि जितेका) प्रशिक्षक बने।

सन् २०२२ को विश्वकप जितेको उनको टीमले आइतबार राति अर्को विश्वकपमा स्पेनसँग १-० को हार व्यहोर्नुपर्‍यो । साथै उनले अर्जेन्टिनालाई सन् २०२१ र २०२४ मा कोपा अमेरिकाको उपाधि पनि दिलाए।

‘म महासंघका अध्यक्षसँग कुरा गर्नेछु,’ स्कालोनीले दोभाषेमार्फत भने, ”म के गर्न चाहन्छु भन्ने बारे मेरो एउटा सोच छ।’


‘म मेरो सम्झौता अवधि सकिएपछि पनि मलाई सोच्नुपर्ने आवश्यकता महसुस भएको छ। किनकि मलाई थाहा छैन कि फेरि यति ठूलो काम गर्न सकिन्छ वा सकिँदैन र सायद हामीले यसबारे विस्तृत कुराकानी गर्न आवश्यक छ,’ उनले थपे, ‘मलाई अहिले जुन ठाउँमा छु, त्यहाँ पुग्ने यो अवसर दिएकोमा म अध्यक्षप्रति आभारी छु।’

‘त्यसबेला, यो सबैको लागि सपनाको ठाउँ थियो र हामीले, स्टाफहरू र खेलाडीहरू सबैले अन्तिम मिनेटसम्म आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेका छौँ,’ उनले अगाडि भने, ‘र मलाई लाग्छ कि यसबारे गहिरिएर सोच्नका लागि मैले आफ्नो लागि केही समय लिनु न्यायोचित नै हुनेछ।’

स्कालोनी लगातार दुई पटक विश्वकपको फाइनलमा पुग्ने दोस्रो अर्जेन्टिनी प्रशिक्षक हुन् र कुनै पनि देशको हिसाबले हेर्दा उनी पाँचौँ प्रशिक्षक हुन्।

अर्जेन्टिनाकै कार्लोस बिलार्डोले अल्बिसेलेस्टेले देशलाई सन् १९८६ को उपाधि र १९९० को फाइनलसम्म पुर्‍याएका थिए। तर उनले स्कालोनीको जस्तो कोपा अमेरिकाको सफलता भने हासिल गर्न सकेका थिएनन्।

यदि स्कालोनीले निरन्तरता दिए भने सम्भवतः यो यस्तो समूहसँग हुनेछ, जुन उनले झण्डै एक दशकदेखि सम्हालिरहेको टोलीभन्दा निकै फरक देखिनेछ।

लियोनेल मेस्सी ३९ वर्षका भइसकेका छन् र आठ गोल तथा चार असिस्टसहित उनले यसपालि पनि उत्कृष्ट प्रतियोगिता खेले । आठ पटकका बालोन डी’ओर विजेता मेसीको सन् २०३० को विश्वकपमा सहभागिता लगभग असम्भव जस्तै देखिन्छ।

समग्रमा अर्जेन्टिनाका आठ जना खेलाडीले सन् २०२२ र २०२६ दुवै फाइनलमा सुरुवाती एघारमा खेलेका थिए र उनीहरूका सबैभन्दा चर्चित स्टार बाहेक अन्य खेलाडीहरूमा पनि ठूलो परिवर्तन हुने कुरा लगभग निश्चित छ।

‘मैले कहिल्यै कल्पना गरेको थिइनँ, मेरो स्टाफसहित हामी कसैले पनि कल्पना गरेका थिएनौँ कि हामी यो ठाउँमा हुनेछौँ,’ स्कालोनीले आँसु झार्दै भने, ‘त्यसैले निरन्तरता दिनका लागि, तपाईंलाई धेरै कुराहरूको आवश्यकता पर्छ, विशेष गरी आफ्नो दिमागलाई रिसेट गर्ने, रिबुट गर्ने।’

उनले थपे, ‘यस्तो समूह फेरि तयार गर्नु, त्यो धेरै गाह्रो छ। र यो साँच्चै पीडादायी छ। म धेरै दुःखी छु।’ त्यसपछि उपस्थित पत्रकारहरूको तालीको गडगडाहटबीच स्कालोनी पत्रकार सम्मेलनबाट बाहिरिए।

यसअघि आफ्नो भनाइमा, स्कालोनीले फाइनलको नतिजाप्रति आफूलाई कुनै गुनासो नभएको बताएका थिए। जसमा स्पेनले बल पोसेसन र सटहरूमा दबाब कायम राखे । फेरान टोरेसको १०६औँ मिनेटको गोल निर्णायक बन्यो।

‘हामी हाम्रा सबै प्रशंसकहरूप्रति अत्यन्त कृतज्ञ छौँ। ती सबै मानिसहरू जसले हामीमा अपुग रहेको ऊर्जा सञ्चार गरे,’ स्कालोनीले भने, ‘खेल यति खुला भइरहँदा हामी अन्त्यसम्मै पुग्न सफल भयौँ। तर अन्त्यमा हाम्रो पक्षमा नतिजा आउन सकेन।’

उनका अनुसार अर्जेन्टिनी टिम जितका हकदार थिए। ‘त्यो यथार्थ हो। हामीले यसलाई स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘तर इमानदारीपूर्वक भन्नुपर्दा हामी नजिक थियौँ। म, मेरा खेलाडीहरू र हामीलाई अर्को विश्वकप फाइनलमा पुग्न ठूलो मद्दत गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’

मेसीले आफ्नो बाल्यकालमा खेलेकै टोली, नेवेल्स ओल्ड ब्वाइजको उत्पादन रहेका स्कालोनीले अर्जेन्टिना, स्पेन, इटाली र छोटो समय इङ्गल्याण्डमा गरी दुई दशकसम्म फुटबल खेलेका थिए।

यद्यपी डिफेन्सिभ मिडफिल्डर स्कालोनीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सात खेल मात्रै खेलेका थिए।

अल्बिसेलेस्टे (अर्जेन्टिना) का लागि उनको उत्कृष्ट क्षण सन् २००६ को विश्वकपको अन्तिम १६ मा मेक्सिकोमाथिको २-१ को जितमा सुरुवाती खेलाडीको रूपमा मैदान प्रवेश गरी पूरै समय खेल्नु हो। (रोयटर्सको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। क्रिकेट स्कटल्यान्ड र नेदरल्यान्ड्सको रोयल डच क्रिकेट संघ (केएनसीबी) ले आईसीसी पुरुष ५० ओभर विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिता संरचनामा गरिएको परिवर्तनप्रति असन्तुष्टि जनाएका छन् । दुवै क्रिकेट संघले विश्वकप सुरु हुन १८ महिनाभन्दा कम समय बाँकी रहँदा आईसीसीले छनोट संरचनामा महत्वपूर्ण परिवर्तन गरेको भन्दै यसले एसोसिएट राष्ट्रको क्रिकेट विकासमा असर पार्ने बताएका छन् । संयुक्त ...
। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको हो । ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं’ क्यान सचिव पारस ...
: ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरले थप ६ वर्षका लागि रियल म्याड्रिडसँग आफ्नो सम्झौता नवीकरण गरेका छन्। भिनिसियसले सन् २०३२ सम्मका लागि रियल म्याड्रिडसँग सम्झौता नवीकरण गरेका हुन्। २६ वर्षीय भिनिसियसको रियलमा अघिल्लो सम्झौताअनुसार अन्तिम वर्ष चलिरहँदा उनले थप ६ वर्षको सम्झौता गरेका हुन्। उनको रियलमा सम्झौता सकिँदै गर्दा उनीमाथि आर्सनलले पनि नजर लगाइरहेको थियो। नयाँ ...
: युगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको निधन भएको छ । मंगलबार संदिग्ध लुटेराहरूले ओवोरीमाथि आक्रमण गरेको स्थानीय प्रहरीले जनाएको छ । लुटपाटको विरोध गर्ने क्रममा उनीमाथि आक्रमण भएपछि उनी बेहोस भएका थिए । आक्रमणपछि ओवोरीलाई सुरुमा नजिकैको क्लिनिकमा लगिएको थियो । त्यसपछि उनलाई सहरकै एक निजी अस्पतालमा रिफर गरिएको थियो । तर उपचारकै क्रममा बुधबार उनको ...
। पछिल्ला दिनमा फिफा निलम्बनको असर नेपाली फुटबलमा प्रष्ट रूपमा देखिएको छ । निलम्बनको पछिल्लो शिकार नेपालको उमेर समुहको फुटबल टोली बनेको छ । फिफा निलम्बनका लागि यही अगष्ट अन्तिम देखि सुरु हुने एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हटेको छ । छनोटमा नेपाल डेपलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो । अब नेपालले यू-२० एसियन कप ...