मुख्य समाचार
पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा
पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा

। विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा आएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार इटालियन फुटबल महासंघ (एफआईजीसी) ले ग्वार्डिओलासँग प्रारम्भिक छलफल गरिसकेको छ ।

स्काई स्पोर्ट्स इटालियाका अनुसार एफआईजीसीका प्राविधिक निर्देशक तथा इटालीका महान् डिफेन्डर पाओलो माल्दिनी र उनका सल्लाहकार लियोनार्दो बार्सिलोनामा पुगेर ग्वार्डिओलासँग तीन दिनसम्म छलफल गरेका थिए ।

यदि ग्वार्डिओला नियुक्त भए उनी सन् १९६० दशकपछि इटाली राष्ट्रिय टोली सम्हाल्ने पहिलो गैर–इटालियन प्रशिक्षक बन्नेछन् । यसअघि रोबर्टो मान्चिनी र आन्द्रेआ पिर्लो पनि प्रशिक्षक पदका दाबेदार मानिएका छन् ।

५५ वर्षीय ग्वार्डिओलाले गत मे महिनामा म्यानचेस्टर सिटीसँगको सफल १० वर्षे यात्रा टुंग्याएका थिए । उनले सिटीलाई २० उपाधि दिलाएका थिए, जसमा ६ प्रिमियर लिग, ३ एफए कप, ५ लिग कप, ३ कम्युनिटी शिल्ड, १ च्याम्पियन्स लिग, १ युइएफए सुपर कप र १ फिफा क्लब विश्वकप समावेश छन् ।


यसअघि उनले बार्सिलोना र बायर्न म्युनिखलाई पनि घरेलु तथा युरोपेली फुटबलमा ऐतिहासिक सफलता दिलाएका थिए ।

ग्वार्डिओलाले प्रशिक्षक बन्नुअघि इटालीको सिरी एमा पनि खेलेका थिए । उनले सन् २००१ देखि २००३ सम्म ब्रेसिया र रोमाबाट व्यावसायिक फुटबल खेलेका थिए । उनी इटालियन भाषा पनि धाराप्रवाह बोल्छन् ।

सन् २०२१ मा युरोपियन च्याम्पियन बनेको इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल रह्‍यो ।

फिफा विश्वकप २०२६ को युरोपियन छनोट प्लेअफमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रशिक्षक जेन्नारो गाट्टुसोले अप्रिलमा पद छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। क्रिकेट स्कटल्यान्ड र नेदरल्यान्ड्सको रोयल डच क्रिकेट संघ (केएनसीबी) ले आईसीसी पुरुष ५० ओभर विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिता संरचनामा गरिएको परिवर्तनप्रति असन्तुष्टि जनाएका छन् । दुवै क्रिकेट संघले विश्वकप सुरु हुन १८ महिनाभन्दा कम समय बाँकी रहँदा आईसीसीले छनोट संरचनामा महत्वपूर्ण परिवर्तन गरेको भन्दै यसले एसोसिएट राष्ट्रको क्रिकेट विकासमा असर पार्ने बताएका छन् । संयुक्त ...
। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको हो । ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं’ क्यान सचिव पारस ...
: ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरले थप ६ वर्षका लागि रियल म्याड्रिडसँग आफ्नो सम्झौता नवीकरण गरेका छन्। भिनिसियसले सन् २०३२ सम्मका लागि रियल म्याड्रिडसँग सम्झौता नवीकरण गरेका हुन्। २६ वर्षीय भिनिसियसको रियलमा अघिल्लो सम्झौताअनुसार अन्तिम वर्ष चलिरहँदा उनले थप ६ वर्षको सम्झौता गरेका हुन्। उनको रियलमा सम्झौता सकिँदै गर्दा उनीमाथि आर्सनलले पनि नजर लगाइरहेको थियो। नयाँ ...
: युगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको निधन भएको छ । मंगलबार संदिग्ध लुटेराहरूले ओवोरीमाथि आक्रमण गरेको स्थानीय प्रहरीले जनाएको छ । लुटपाटको विरोध गर्ने क्रममा उनीमाथि आक्रमण भएपछि उनी बेहोस भएका थिए । आक्रमणपछि ओवोरीलाई सुरुमा नजिकैको क्लिनिकमा लगिएको थियो । त्यसपछि उनलाई सहरकै एक निजी अस्पतालमा रिफर गरिएको थियो । तर उपचारकै क्रममा बुधबार उनको ...
। पछिल्ला दिनमा फिफा निलम्बनको असर नेपाली फुटबलमा प्रष्ट रूपमा देखिएको छ । निलम्बनको पछिल्लो शिकार नेपालको उमेर समुहको फुटबल टोली बनेको छ । फिफा निलम्बनका लागि यही अगष्ट अन्तिम देखि सुरु हुने एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हटेको छ । छनोटमा नेपाल डेपलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो । अब नेपालले यू-२० एसियन कप ...