। बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुरदुङमा पहिरोले एउटा गाडी पुरिएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्ड अन्तरगत सुकुरदुङमा ग १ य ९८२ नम्बरको पर्यटक बोक्ने गाडी पुरिएको हो ।
सोमबार बेलुका पर्यटक लिएर ढोरपाटनतर्फ जाँदै गरेको गाडी पहिरोमा परेको थियो । गाडीको अघिल्लो भाग पूरै पहिरोले पुरिएको थियो । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
गाडीलाई मेसिन प्रयोग गरी बाहिर निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पहिरो पन्छाएर बाटो एकतर्फी खुलाइएको छ ।