मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन लगत्तै नेपाल तयारी पोसाक उद्योग संघको टोली र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन लगत्तै नेपाल तयारी पोसाक उद्योग संघको टोली र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल

। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन लगत्तै नेपाल तयारी पोसाक उद्योग संघको टोली र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल भएको छ ।

प्रधानमन्त्रीसँगको भेटघाटमा उठेका विषयलाई तत्काल कार्यान्वयनमा लैजान प्रधानमन्त्री कार्यालयले मन्त्रालयमा सिधा फोन गरेर निर्देशन दिएपछि उद्योगीहरू मन्त्रालय पुगेका हुन् ।

मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री गौरीकुमारी यादवले तयारी पोसाक क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्न आफू पूर्णरूपमा तयार रहेको प्रतिबद्धता जनाउँदै लामो समयदेखि रोकिएका फाइलहरूमा आजैदेखि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको संघले जनाएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा संघ अध्यक्ष पशुपतिदेव पाण्डेले प्रधानमन्त्रीसँग भएका बुँदागत छलफलका विषयमा मन्त्रीलाई विस्तृत ब्रिफिङ गरेका थिए ।


‘मन्त्रीज्यूले उद्योगीका कुरा सुन्नासाथ मन्त्रालयमा अड्किएका दुई–तीन वटा महत्त्वपूर्ण काम तत्कालै सुरु गर्न सम्बन्धित अधिकारीलाई आदेश दिनुभएको छ,’ पाण्डेले अनलाइनखबरसँग भने, ‘विशेषगरी निजी क्षेत्रको समेत सहभागिता रहने गरी तयारी पोसाकका रुग्ण उद्योगहरूको अवस्था अध्ययन गर्न र तिनलाई पुन: सञ्चालनमा ल्याउन एउटा छुट्टै समिति बनाउने कामको सुरुवात आजैदेखि भएको छ ।’

उनका अनुसार अन्य देशका अभ्यास हेर्दै नेपालमा पनि तयारी पोसाकको विकासका लागि एउटा काउन्सिल गठन गर्ने प्रक्रिया पनि मन्त्रालयले तत्कालै अगाडि बढाएको छ ।

प्रधानमन्त्रीसँग छलफल भएको विषय ‘ग्रिन गार्मेन्ट भिलेज’ स्थापना, प्राविधिक शिक्षालय व्यवस्था र स्वदेशमै कच्चापदार्थ उत्पादन बढाउने कामका लागि पनि मन्त्रालयले विशेष योजना बनाउने भएको छ ।

नेपालमै पाइने हेम्प (गाँजा), अल्लो तथा अन्य वनस्पति र जनावरमा आधारित फाइबरको उच्च प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने र कपास खेती पुन: प्रोत्साहन गर्ने विषयमा पनि मन्त्रालयले अध्ययन थाल्ने बताएको अध्यक्ष पाण्डेले जानकारी दिए । ।

प्रधानमन्त्री र उद्योगमन्त्रीसँग भएको यो सकारात्मक संवादपछि उद्योगीले वर्षौंदेखि थाती नीतिगत समस्या अब छिट्टै समाधान हुने विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राप्रपा सांसद ज्ञानबहादुर शाहीले जन्मदेखि आजको दिनसम्म आफ्नो शरीरमा एक थोपा मदिरा प्रयोग भएको भए सांसद पदबाटै राजीनामा दिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा सांसद शाहीले आफूविरुद्ध भ्रामक आरोपहरू फैलिरहेको जानकारी गराउँदै यस्तो घोषणा गरेका हुन् । मदिरा सेवन गरेर जे पनि बोल्यो, अश्लील भिडियोहरू आयो भन्ने खालका आरोपहरू आफूमाथि ...
। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्। उनले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ‘ट्रमा युनिट’ सञ्चालन गर्न लागिएको बताएकी हुन्। सोमबार प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ...
। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्व निकास दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सिन्धु–काठमाडौंद्वारा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिइएको बताएका हुन् । नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ ...
। दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमालको आधार शिविरमा फेला परेका पाँच वटा शवमध्ये दुई नेपाली र तीन विदेशी आरोहीको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले आइतबार संकलन भएका पाँच शवमध्ये नेपाली पथप्रर्दशक दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुको माप्यदुधकुण्ड गाउँपालिका-५ का मेर कार्कीको ...
। नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को प्रभावकारी कार्यान्वयनका लागि छुट्टै बजेट र अतिरिक्त जनशक्तिको आवश्यकता नरहेको बताएकी छिन् । सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सदाचार र सुशासनका लागि राज्यको दृढ इच्छाशक्ति नै मुख्य पक्ष भएको उल्लेख गरिन् । बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा ...