मुख्य समाचार
डब्लूटीए टुर टेनिस प्रतियोगितामा सहभागी हुने सबै महिला खेलाडीले अनिवार्य रूपमा एक पटक लिंग परीक्षण गर्नुपर्ने
डब्लूटीए टुर टेनिस प्रतियोगितामा सहभागी हुने सबै महिला खेलाडीले अनिवार्य रूपमा एक पटक लिंग परीक्षण गर्नुपर्ने

: डब्लूटीए टुर टेनिस प्रतियोगितामा सहभागी हुने सबै महिला खेलाडीले अनिवार्य रूपमा एक पटक लिंग परीक्षण गर्नुपर्ने भएको छ। विमेन्स टेनिस एसोसिएसन (डब्लूटीए) ले डब्लूटीए टुर प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले अनिवार्य रूपमा ‘जेनेटिक सेक्स टेस्ट’ गर्नुपर्ने नियम लागु गरेको हो।

डब्लूटीएले महिला खेलाडीका लागि लागु गरेको नयाँ नियममा यो व्यवस्था गरिएको हो। जस अनुसार सेक्स डिटरमाइनिङ रिजन वाई (एसआरवाई) जिनको परीक्षणका लागि गालाको भित्रि भागको स्वाब, रगत वा ¥याल दिनुपर्ने भएको हो। यो जिन वाई क्रोमोजोमको हिस्सा रहेको र त्यसले पुरुषको जस्तै शारीरिक लक्षण विकसित गर्ने गर्दछ। त्यसैले यो परीक्षणमा ‘नेगेटिभ’ नतिजा आउने महिला खेलाडीले मात्रै खेल्न पाउने छन्। अर्थात वाई क्रोमोजोम नभएका महिला खेलाडीले मात्रै डब्लूटीएका प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्।

जिन परीक्षणमा ‘पोजेटिभ’ नतिजा आउने खेलाडीको भने अरु पनि मेडिकल परीक्षण गरिने छ। यो परीक्षण हरेक खेलाडीको करियरमा एक पटक मात्र गरिने र उनीहरूलाई सम्झौता गरेर मात्रै खेल्न दिने नीति अवलम्बन गरिएको छ। जो खेलाडीले परीक्षण गर्न इन्कार गर्छन्, उनीहरूलाई डब्लुटीएका प्रतियोगितामा खेल्न नदिनुका साथै अनुशासनको पनि कारबाही हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजअन्तर्गत रोमाञ्चक खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई २ विकेटले पराजित गरेको छ । रावलपिण्डी क्रिकेट स्टेडियममा इंग्ल्याण्डले दिएको ४३० रनको विशाल लक्ष्य श्रीलंकाले एक बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४२९ रन बनाएको थियो । इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले अविजित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। सैफुद्दिन पोखराले अनुबन्ध गरेको तेस्रो बंगलादेशी खेलाडी हुन्। उनी टोलीका पाँचौं विदेशी खेलाडी पनि हुन्। पोखराले यसअघि बंगलादेशका शाकिब अल हसन र महेदी हसन तथा श्रीलंकाका धनन्जय लक्षण र चमिका करुणारत्नेलाई अनुबन्ध गरिसकेको छ। पेस बलिङ अलराउन्डर सैफुद्दिनको आगमनसँगै ...
। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर तय गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिग चरणका खेलका लागि ५ सय र एक हजार मूल्य तय गरेको छ । साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार तोकेको हो । यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार कायम गरिएको ...
— पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन् । कर्णालीले ३० वर्षीय तलतलाई आज विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो । 'पाकिस्तानका अलराउन्डर हुसेन तलत अब आधिकारिक रूपमा कर्णाली याक्सका सदस्य बनेका छन्,' कर्णालीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ । हुसेनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय ...
। श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। ३९ वर्षीय म्याथ्युज दायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले श्रीलंकाका लागि तीनै प्रारूपमा कप्तानी गरेका थिए। म्याथ्युजले सन् २०२५ मा टेस्ट क्रिकेटबाट संन्यास लिए। म्याथ्युजले श्रीलंकाका लागि २२६ एकदिवसीय र ९० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम