मुख्य समाचार
सरकारसँग कुरा नमिलेपछि पाकिस्तानमा अनिश्चितकालका लागि पेट्रोल पम्प बन्द
सरकारसँग कुरा नमिलेपछि पाकिस्तानमा अनिश्चितकालका लागि पेट्रोल पम्प बन्द

: 'अल पाकिस्तान पेट्रोल पम्प ओनर्स एसोसिएसन'ले सरकारसँग भएको वार्ता निष्कर्षविहीन बनेपछि देशभरका पेट्रोल पम्प अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।

सार्वजनिक विवरणअनुसार एसोसिएसनले जुलाई २२ र २३ को मध्यराति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि पाकिस्तानका सम्पूर्ण पेट्रोल पम्पहरू बन्द रहने जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

पेट्रोल पम्प सञ्चालकहरूको नाफा वृद्धि तथा पेट्रोलियम पदार्थको मूल्य दैनिक रूपमा निर्धारण गर्ने सरकारी प्रस्तावका विषयमा पेट्रोलियम मन्त्री अली परवेज मलिकसँग भएको वार्ता सफल हुन नसकेपछि व्यवसायीहरूले आन्दोलनको कदम चालेका हुन्। एसोसिएसनका अनुसार यो विषयमा विगत केही सातादेखि सरकारसँग निरन्तर छलफल भइरहेको थियो।

संगठनले आफ्ना मागहरूप्रति सरकारले 'सकारात्मक र स्वीकार्य' निर्णय नगरेसम्म हडताल जारी रहने स्पष्ट पारेको छ।

एसोसिएसनका अध्यक्ष हुमायुँ खानले डिलरहरूको कमिसन बढाउनुपर्ने र इन्धनको मूल्य मासिक रूपमा निर्धारण गरिनुपर्ने आफूहरूको प्रमुख माग रहेको बताएका छन्। वर्तमान व्यवस्थाका कारण डिलरहरूले विभिन्न व्यावहारिक समस्या झेल्नुपरेको उनको भनाइ छ।

साथै, पेट्रोलियम पदार्थको मूल्य दैनिक रूपमा तोक्ने नयाँ नीति ल्याउनुअघि सरकारले डिलरहरूसँग कुनै परामर्श नगरेको दाबीसमेत अध्यक्ष खानले गरेका छन्।

यसअघि गत साता इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा पेट्रोलियम मन्त्री अली परवेज मलिकले आयल एन्ड ग्यास रेगुलेटरी अथोरिटी (ओग्रा) ले अब हरेक सात दिनको साटो दैनिक रूपमा पेट्रोलियम पदार्थको मूल्य तोक्ने घोषणा गरेका थिए। नयाँ व्यवस्थाअनुसार ओग्राले दैनिक रूपमा मूल्य सूची आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने जनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...