मुख्य समाचार
आईसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
आईसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

: आईसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ। जारी श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग दिउँसोको २:४५ बजे प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा नेपाल नामबियासँग ८ विकेटले पराजित भएको थियो। शीर्ष ४ मा रहँदै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन नेपालका लागि यो श्रृङ्खला निकै महत्वपूर्ण रहेको छ।

हालसम्म लिग २ को २९ खेल खेलेको नेपालले ११ जित, १६ हार र २ खेल नतिजाविहीन बन्दा २४ अङ्क लिएर पाँचौं स्थानमा रहेको छ। नेदरल्यान्ड्स भने २८ खेल खेल्दै १४ जित १० हार र चार खेलमा नतिजा विहीन भन्दा ३२ अंक लिएर शीर्ष ३ मा रहेको छ।

नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, भिम सार्की, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दिप लामिछाने, ललित राजबंशी, विनोद भण्डारी र अर्जुन कुमाल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
: डब्लूटीए टुर टेनिस प्रतियोगितामा सहभागी हुने सबै महिला खेलाडीले अनिवार्य रूपमा एक पटक लिंग परीक्षण गर्नुपर्ने भएको छ। विमेन्स टेनिस एसोसिएसन (डब्लूटीए) ले डब्लूटीए टुर प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले अनिवार्य रूपमा ‘जेनेटिक सेक्स टेस्ट’ गर्नुपर्ने नियम लागु गरेको हो। डब्लूटीएले महिला खेलाडीका लागि लागु गरेको नयाँ नियममा यो व्यवस्था गरिएको हो। जस अनुसार ...
। बेल्जियम राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रुडी गार्सियाले पद छाड्ने भएका छन् । बेल्जियम फुटबल संघ (आरबीएफए) ले जुलाई ३१ मा सकिने उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । ६२ वर्षीय फ्रान्सेली प्रशिक्षक गार्सियाले सन् २०२५ को सुरुआतमा बेल्जियमको जिम्मेवारी सम्हालेका थिए । उनको नेतृत्वमा बेल्जियमले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको ...
। विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा आएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार इटालियन फुटबल महासंघ (एफआईजीसी) ले ग्वार्डिओलासँग प्रारम्भिक छलफल गरिसकेको छ । स्काई स्पोर्ट्स इटालियाका अनुसार एफआईजीसीका प्राविधिक निर्देशक तथा इटालीका महान् डिफेन्डर पाओलो माल्दिनी र उनका सल्लाहकार लियोनार्दो बार्सिलोनामा पुगेर ग्वार्डिओलासँग तीन दिनसम्म छलफल ...
। लगातार दुई विश्वकप जित्ने टोली बन्नबाट आफ्नो टिम चुकेपछि भावुक बनेका अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो आगामी बाटो के हुने भन्नेबारे अनिश्चित रहेको बताएका छन् । ४८ वर्षीय स्कालोनीलाई सन् २०१८ को विश्वकपमा अन्तिम १६ बाटै अर्जेन्टिना बाहिरिएपछि मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। त्यस बेला उनीसँग मुख्य प्रशिक्षकको अनुभव त थिएन नै, सहायक प्रशिक्षकका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम