मुख्य समाचार
हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाह प्रयोग गर्ने तेल ट्यांकरहरू आक्रमणलाई चेतावनी
हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाह प्रयोग गर्ने तेल ट्यांकरहरू आक्रमणलाई चेतावनी

: हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाह प्रयोग गर्ने तेल ट्यांकरहरू आक्रमणलाई चेतावनी दिएका छन् । अघिल्लो दिन घोषणा गरिएको नाकाबन्दी कार्यान्वयन गर्न हुथीहरूले तीव्र कदम चालेका छन् ।

लाल सागरमा आएको यो हुथी चेतावनी र अरब प्रायद्वीपको अर्को छेउमा रहेको खाडी क्षेत्रमा इरानले दिएको समुद्री यातायात अवरोध गर्ने धम्कीले लामो समयदेखि जारी द्वन्द्वलाई अझ गम्भीर बनाउने आशंका बढेको छ । यसले हालसम्म ठूलो असर नपरेको साउदी अरबको तेल निर्यातलाई प्रभावित पार्न सक्ने र क्षेत्रीय संकट झन् चर्किन सक्ने देखिएको छ ।

हुथीहरूको धम्कीलाई गम्भीर रूपमा लिइएको संकेत गर्दै, चीन र भारतका लागि साउदी कच्चा तेल बोकेर गएका तीन वटा तेल ट्यांकरले मंगलबार आफ्नो बाटो परिवर्तन गरेका छन् । ती जहाजहरू लाल सागरको मुखमा रहेको हुथी नियन्त्रण क्षेत्रबाट टाढिँदै स्वेज नहरतर्फ मोडिएका छन् । हुथीहरूले भने ६ वटा जहाजले आफ्नो मार्ग परिवर्तन गरेको दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हुथीहरूले आफ्नो धम्की कार्यान्वयन गरेमा अमेरिकाले ‘आफ्नो काम गर्नुपर्ने’ बताएका छन् । उनले लेबनानका राष्ट्रपति जोसेफ आउनसँग ह्वाइट हाउसमा भएको भेटमा भने, ‘हामीले यसअघि पनि हुथीहरूसँग त्यस्तै गरेका थियौं र त्यसपछि केही समय उनीहरूबाट कुनै गतिविधि सुनिएन ।’

यो धम्की कूटनीतिज्ञहरूले इरान र अमेरिकाबीच भत्किएको अस्थायी सम्झौता पुनःस्थापित गर्ने प्रयास गरिरहेका बेला आएको हो । उता दुवै देशले पुनः सुरु भएको युद्धको १०औं दिनमा पनि आक्रमण जारी राखेका छन् । हुथीहरूले यमनको उत्तरी भागसहित लाल सागरको दक्षिणी प्रवेशद्वार बाब अल–मन्देब जलडमरूमध्य क्षेत्र नियन्त्रण गर्छन् ।

उनीहरूले औपचारिक रूपमा समुद्री मार्ग बन्द गर्ने घोषणा नगरे पनि साउदी बन्दरगाह प्रयोग गर्ने जहाजलाई लक्षित गर्ने धम्कीले विश्वव्यापी समुद्री व्यापारमा चिन्ता बढाएको छ । यो मार्गबाट विश्वको करिब ७ प्रतिशत समुद्री व्यापार हुने गर्छ । हुथीहरूले सोमबार विभिन्न जहाज कम्पनीहरूलाई इमेल पठाउँदै साउदी अरबका बन्दरगाहमा सामान लोड वा अनलोड नगर्न चेतावनी दिएका छन् । उनीहरूले यस्तो गतिविधि गरेमा आफ्नो पहुँचभित्र पर्ने ‘जुनसुकै स्थानमा’ जहाजलाई निशाना बनाउन सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...