मुख्य समाचार
अमेरिका र साउदी अरेबियाबीच साउदीलाई नागरिक (सिभिल) आणविक कार्यक्रम विकास गर्न अनुमति दिने गरी एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर
अमेरिका र साउदी अरेबियाबीच साउदीलाई नागरिक (सिभिल) आणविक कार्यक्रम विकास गर्न अनुमति दिने गरी एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर

: अमेरिका र साउदी अरेबियाबीच साउदीलाई नागरिक (सिभिल) आणविक कार्यक्रम विकास गर्न अनुमति दिने गरी एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ।

अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार यस सम्झौतालाई 'शान्तिपूर्ण आणविक सहकार्य सम्झौता'का रूपमा व्याख्या गरिएको छ, जसले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूका लागि ठूलो व्यापारिक अवसर सिर्जना गर्नेछ।

सम्झौताको पूर्ण विवरण औपचारिक रूपमा सार्वजनिक नगरिए तापनि, भविष्यमा साउदी अरेबियालाई आफ्नै भूभागमा युरेनियम प्रवर्धन (एनरिचमेन्ट) गर्ने अनुमति दिन सकिने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। युरेनियमलाई ऊर्जा संयन्त्रको इन्धनका साथै परमाणु हतियार निर्माणमा समेत प्रयोग गर्न सकिन्छ। कुनै देशलाई आफ्नै भूभागमा युरेनियम प्रवर्धनको अनुमति अमेरिकाले दिन लागेको यो पहिलो पटक हो, जसले पहिले नै अशान्त रहेको मध्यपूर्व क्षेत्रमा आणविक होडबाजी बढाउने जोखिम निम्त्याउने विश्लेषण गरिएको छ।

अमेरिकी ऊर्जा विभागका अनुसार यस सहकार्य सम्झौताका साथै एक 'द्विपक्षीय सुरक्षा सम्झौता'मा पनि हस्ताक्षर गरिएको छ। दुवै सम्झौताले आणविक अप्रसारसहित रणनीतिक र आर्थिक उद्देश्यहरू पूरा गर्न मद्दत पुर्‍याउने दाबी गरिएको छ। साउदी सरकारले पनि एक विज्ञप्ति जारी गर्दै यो सम्झौता दुई देशबीच ऊर्जा क्षेत्रमा भइरहेको सहकार्यको निरन्तरता भएको जनाएको छ।

सम्झौताअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सलमानलाई इजरायललाई कूटनीतिक मान्यता दिनुपर्ने पूर्वसर्तबाट छुट दिएको बताइएको छ। यो घोषणा अमेरिका र इरानबीच बढ्दो तनाव र साउदी सीमा क्षेत्रमा क्षेत्रीय द्वन्द्व तीव्र भइरहेका बेला आएको हो।

अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले यो सम्झौताले आणविक सुरक्षा र अप्रसारका उच्च मापदण्डहरू पालना गर्ने दाबी गरेका छन्। यद्यपि, मध्यपूर्वमा अमेरिकाको प्रमुख सहयोगी इजरायलका परमाणु विज्ञहरू तथा अमेरिकी सांसदहरूले भने यस कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। विशेष गरी विपक्षी डेमोक्र्याटिक सांसदहरूले यस निर्णयलाई जोखिमपूर्ण भन्दै आलोचना गरेका छन्।

सन् २००९ मा अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको सम्झौतामा युएईलाई आफ्नै इन्धन उत्पादन गर्ने अनुमति दिइएको थिएन। तर, साउदीसँगको सम्झौतामा युरेनियम प्रवर्धनको सुविधा समावेश गरिएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ। साउदी अरेबियाले चीन र रुससँग पनि यस्तै सम्झौताका लागि छलफल गरिरहेको खबरका बीच अमेरिकाले यो कदम चालेको मानिएको छ।

यो सम्झौता अब औपचारिक समीक्षाका लागि अमेरिकी कंग्रेस (संसद्) मा पठाइनेछ, जहाँ केही सांसदहरूबाट यसको विरोध हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...