: सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने क्रममा गोली चलाएको हो ।
प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन् । उनीहरूलाई उपचारका लागि राउ स्मारक अस्पताल लहानमा राखिएको एको छ ।
काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा प्रतिरोध भएपछि गोली चलाउनुपरेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।
लागूऔषध नियन्त्रण ब्यूरोका एक अधिकारीका अनुसार, घाइतेहरूको पहिचान खुलाउने र घटनाको विस्तृत अनुसन्धान गर्ने कार्य भइरहेको छ ।