मुख्य समाचार
सांसद अरविन्द साहलाई मोसो दल्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा
सांसद अरविन्द साहलाई मोसो दल्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा

: बारा क्षेत्र नं. ३ का सांसद अरविन्द साहलाई मोसो दल्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । सांसद साहका भाइले दिएको उजुरीका आधारमा प्रहरीले नेजामुद्धिन अन्सारीलाई बुधबार नियन्त्रणमा लिएको हो ।

अन्सारीलाई अहिले जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ । अन्सारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा साहको विरोध गर्दै स्टाटस लेखेका छन् । जसमा उनले चुनावी घोषणापत्र अनुसार काम नभएको भन्दै सांसद साहको विरोध गरेका छन् भने मोसो (कालो मसी) दल्ने भन्दै खुला धम्की दिएका छन् ।

अन्सारीले साउन ४ गते आफने फेसबुकमा लेखेका छन्, ‘मेरो ओपन च्यालेन्ज छ कालो मसी दल्ने कार्यक्रम बारा निर्वाचन क्षेत्र नम्बरको माननीय अरबिन्द साहलाई जुन ठाउँमा भेटछन् त्यही दल्ने हो है । आफ्नो मेनुफेस्टोअनुसार एक प्रतिशत पनि काम नगरेको जनताहरुको खुलासा ।’

सांसद साहले चुनाव जितेयता आफ्नो निर्वाचन क्षेत्रका लागि घोषणापत्र अनुसार काम नगरेको भन्दै अन्सारीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् । उनले त्यही दिन अर्को स्टाटस पनि लेखेका छन् । जसमा सांसद साहलाई मोसो दलेर काठमाडौं पठाई दिने बताएका छन् ।
‘बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ के माननीय अरविन्द साह ज्यू तपाईं क्षेत्र अनुगमन गर्न आउनु भको छ रे सुनेको छु । तपाईंको चुनावको मेनुफेस्टो अनुसार के गर्नुभयो । यदि गर्नु भएको छैन भने कालो मसी दलेर फेरि काठमाडाै‌ पठाउनेछौं हामी । भरत चोकमा भेट्नु कालो मसी म दल्ने छु तपाईंलाई मेरो ओपन च्यालेन्ज छ’, उनले लेखेका छन् ।

अन्सारीको उक्त स्टाटसलाई लिएर सांसद साहका भाइले बारा प्रहरीमा उजुरी दिएको र सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । घलेले दुबै पक्षलाई राखेर कुरा गर्ने तयारी भईरहेको समेत बताए। ‘उजुरी परेपछि हामीले नियन्त्रणमा लिएर राखेका छौं । अहिलेसम्म मुद्दा दर्ता भएको छैन । दुबै पक्ष राखेर कुरा गराउन खोजेका छौं’, घलेले भने, ‘सहमति नभए आवश्यक कानुनी प्रक्रियामा अघि बढ्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आन्तरिक राजश्व कार्यालय लहान,सिरहाका कर अधिकृत युवराज पाल पाँच लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले पाँच लाख घुससहित कर अधिकृत पाल पक्राउ परेको पुष्टि गरे। स्रोतका अनुसार एक सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण ...
: विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालीन न्यायसंगसम्बन्धी आयोगहरु गठन गर्नुपर्ने माग राख्दै द्वन्द्वपीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आम द्वन्द्वपीडित समूदायले आफूहरुसँग संवाद गर्दै विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय पीडितको पक्षमा हुन ...
: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भए पनि अर्गानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका हुन । छलफलका क्रममा संघका प्रतिनिधिहरुले अर्गानिक मलमा अनुदान, अर्गानिक बस्तु निर्यातका लागि ...
: शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्ण रूपमा अन्त्य हुने बताएका छन् । बिहीबार काठमाडौंमा त्रिभुवन बिश्वविद्यालयको ६७ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले अबका ४ वर्षमा भागबण्डाको राजनीति पूर्ण रूपमा अन्त्य गरिने बताएका हुन् । उनले सरुवा, बढुवा, वा नियुक्तिमा कुनै पनि राजनीतिक वा दलीय दबाब आउन नदिने ...
: बिभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका छन् । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई नागरिकतामा स्थायी ठेगाना भएको स्थानमा नै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएपछि उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका हुन् । बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम