मुख्य समाचार
सर्पदंशबाट बालकको मृत्यु : प्रधानमन्त्री कार्यालयको चासोपछि रकम व्यवस्थापन, परिवारलाई शव बुझाइयो
सर्पदंशबाट बालकको मृत्यु : प्रधानमन्त्री कार्यालयको चासोपछि रकम व्यवस्थापन, परिवारलाई शव बुझाइयो

: सर्पदंशबाट मृत्यु भएपछि उपचार खर्च तिर्न नसक्दा अस्पतालमै रोकिएको बालकको शव अन्ततः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासो र स्थानीय तहको समन्वयपछि परिवारलाई बुझाइएको छ।

महोत्तरीको बर्दिबास नगरपालिका–१२, बिजलपुरा चल्कीका चन्दन कापरका छोरा ८ वर्षीय विवेक कापरलाई बुधबार साँझ घरछेउको अम्बाको रुखमा फल टिप्ने क्रममा विषालु सर्पले टोकेको थियो। परिवारले तत्काल उपचारका लागि बर्दिबास जनसेवा अस्पताल पुर्‍याए पनि भेन्टिलेटरमा उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो।null

बर्दिबास नगरपालिका–१२ का वडा सदस्य रुपो देवी सदाका अनुसार सर्पको विष शरीरमा तीव्र रूपमा फैलिएकाले बालकको अवस्था अत्यन्त गम्भीर बनेको थियो। अस्पतालका बालरोग विशेषज्ञ डा. राकेश यादवले उपचारका क्रममा १० भाइल एन्टि–स्नेक भेनम प्रयोग गरिए पनि बालकलाई बचाउन नसकिएको बताए।




बालककी आमा अमृतदेवी कापरले भनिन्, “घरमै (अम्बा) टिप्ने क्रममा सर्पले टोकेको थियो। बचाउन सकिन्छ कि भनेर तुरुन्त अस्पताल ल्यायौं, तर मेरो छोरा फर्किएन।”उपचारमा करिब ६१ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ। आर्थिक अवस्था कमजोर भएकाले परिवारले रकम तिर्न नसक्दा केही समय शव अस्पतालमै रोकिएको थियो।

अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले घटनाप्रति चासो जनाएको थियो। त्यसपछि बर्दिबास नगरपालिका, अस्पताल र अन्य सरोकारवालाबीच समन्वय भएको हो।null

अस्पतालका सञ्चालक सुमन भुजेलका अनुसार अस्पतालले मानवीय आधारमा सुरुमै २० हजार रुपैयाँ उपचार शुल्क छुट दिएको थियो । समाचार प्रकाशितपछि प्रधानमन्त्री कार्यालयबाट फोन आएको थियो । त्यसपछि थप उपचार खर्च स्थानीय सरकारबाट दिने प्रतिबद्ध आएको हो ।

उपचारको बाँकी ४१ हजार रुपैयाँ बर्दिबास नगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए। नगरपालिकाको समन्वयपछि बर्दिबास सरकारी अस्पतालको शववाहनमार्फत बालकको शव परिवारलाई जिम्मा लगाइएको थियो।


यो पनि पढ्नुहोस
सर्पदंशबाट ८ वर्षीय बालकको मृत्यु, उपचार खर्च तिर्न नसक्दा शव अस्पतालमै
घटनापछि मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री सारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीलगायत अस्पताल पुगेर पीडित परिवारसँग भेट गरेका थिए। स्थानीय सरोज कुमार महतोले यो घटनाले ग्रामीण क्षेत्रमा सर्पदंश अझै पनि ज्यानै जाने जोखिमका रूपमा रहेको यथार्थ उजागर गरेको बताए। वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले विशेष गरी बालबालिकाको सुरक्षामा अभिभावकले थप सावधानी अपनाउनुपर्ने उनले आग्रह गरे।

यसैगरी, अस्पताल पुगेका स्थानीय पिताम्बर महतोले गरिबीका कारण उपचार खर्च तिर्न नसक्दा मृतकको शवसमेत अस्पतालमै रोकिनुपर्ने अवस्था दुःखद भएको उल्लेख गरे। उनले विपन्न परिवारका लागि प्रभावकारी उपचार सहायता कोष र आपत्कालीन सहयोग प्रणाली सरकारीस्तरबाट आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आन्तरिक राजश्व कार्यालय लहान,सिरहाका कर अधिकृत युवराज पाल पाँच लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले पाँच लाख घुससहित कर अधिकृत पाल पक्राउ परेको पुष्टि गरे। स्रोतका अनुसार एक सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण ...
: विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालीन न्यायसंगसम्बन्धी आयोगहरु गठन गर्नुपर्ने माग राख्दै द्वन्द्वपीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आम द्वन्द्वपीडित समूदायले आफूहरुसँग संवाद गर्दै विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय पीडितको पक्षमा हुन ...
: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भए पनि अर्गानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका हुन । छलफलका क्रममा संघका प्रतिनिधिहरुले अर्गानिक मलमा अनुदान, अर्गानिक बस्तु निर्यातका लागि ...
: शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्ण रूपमा अन्त्य हुने बताएका छन् । बिहीबार काठमाडौंमा त्रिभुवन बिश्वविद्यालयको ६७ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले अबका ४ वर्षमा भागबण्डाको राजनीति पूर्ण रूपमा अन्त्य गरिने बताएका हुन् । उनले सरुवा, बढुवा, वा नियुक्तिमा कुनै पनि राजनीतिक वा दलीय दबाब आउन नदिने ...
: बिभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका छन् । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई नागरिकतामा स्थायी ठेगाना भएको स्थानमा नै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएपछि उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका हुन् । बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम