मुख्य समाचार
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित

: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ बराबरी पछि निकै कम अंक ल्यायो । नेपालले श्रीलंकासँग २५–१८, २१–२५, १९–२५, २५–२१ र १५–१० ले खेल गुमाएको हो ।

पहिलो हाफमा ४ अंकले पछि रहँदै अगाडि बढेको खेलमा १४ बराबरीमा श्रीलंकालाई बराबरीमा भेटाएको नेपालले त्यसपछि भने राम्रो प्रदर्शन देखाउन सकेन। जसको फलस्वरुप नेपालले पहिलो हाफ २५–१८ ले हार्‍यो । दोस्रो हाफमा भने नेपालले अग्रतासहित सुरुवात गरेको थियो । ५–३ को सानो अग्रतासहित सुरु गरेको नेपालले लगातार अंक गुमाउँदा श्रीलंकाले ५ बराबरीमा नेपाललाई भेट्टायो। त्यसपछि पुनः नेपालले लगातार अग्रता बनायो । ११–१०, १५–११, २३–१९ र अन्ततः २५–२१ ले नेपालले दोस्रो सेट आफ्नो नाममा पार्‍यो ।

तेस्रो सेटमा नेपालले सुरुवाती समयबाट नै अग्रता बनाएको थियो । दोस्रो सेटको लय समाउँदै तेस्रो सेटमा ४–१, ८–३, १०–५, १७–१०, २०–१२ , २१–१४ र अन्ततः २५–१९ को जित दर्ता गर्‍यो । तेस्रो सेटमा नेपालले आफ्नो अग्रता सहज बनाउँदै जित दर्ता गर्‍यो । चौथो सेटमा सुरुवाती अग्रता श्रीलंकाले बनायो। सुरुवातबाट नै अग्रता बनाएको श्रीलंकाले निकै राम्रो अग्रता सहित २५–२१ ले चौथो सेट जित्दै खेल बराबरीमा ल्यायो ।

पाँचौं सेटमा भने नेपाल १५–१० ले सेटसहित खेल गुमायो । लगातार २ खेलमा ५ सेट खेल्दै नेपालले तालिकामा २ अंक जोडेको छ । पहिलो खेलमा नेपालले काजकिस्तानसँग ३–२ले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा आयोजक पाकिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ पदकविहीन बनेकी छन्। कुमुते विधाको ६८ केजीमाथिको कास्य पदकको लागि भएको खेलमा एरिका साउदी अरेबीयाकी दिना अहमद मुस्तफासँग ८–७ ले पराजित भएकी हुन्। सेमिफाइनल खेलमा एरिका काजकिस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्। उनले क्वाटरफाइनलमा जोर्डनकी यारा नसिरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल ...
: २० औं एसियन गेम्स अन्तर्गत महिला भलिबलमा समूह चरणबाट बाहिरिएका टोलीहरुबिच भएको वरियताको खेलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजिनत गरेको हो। नेपालले किर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हराएको हो । जापानको आइची नागोयामा भइरहेको २० औं एसियन गेम्समा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गरेको थियो। ...
। कप्तान राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको छ । रामोन सान्चेज पिजुआनमा भएको खेलमा घरेलु टोली सेभियाले १९औं मिनेटमा युसुफ फोफानाको गोलबाट अग्रता लिए पनि बार्सिलोनाले त्यसको तीन मिनेटमै जवाफ फर्कायो । राफिन्हाले बक्सभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ...
। इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले पहिलो हार बेहोरेको छ । शनिबार बेलुका भएको खेलमा ब्राइटनले आर्सनललाई ३-० ले पराजित गरेको हो । ब्राइटनको जितमा पास्कल ग्रस, चारालाम्पोस कोस्तुलास र चेमा आन्द्रियसले १-१ गोल गरे । खेलको ३१औं मिनेटमा ग्रसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा कोस्तुलासले अग्रता दोब्बर पारे । आन्द्रियसले ५७औं ...
। नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनमा भइरहेको जेसीके फाइट नाइट १२३ मा घरेलु फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णय (युनानिमस डिसिजन) अनुसार पराजित गरेका छन् । चीनको शान्सी प्रान्तस्थित लुलियाङमा भएको प्रतियोगिताको मेन कार्डअन्तर्गत १३५ पाउन्ड (ब्यान्टमवेट) मा प्रतिस्पर्धा गरेका आङ्देम्बेले तीनै राउन्डमा प्रभावशाली प्रदर्शन गर्दै निर्णायकहरूको सर्वसम्मत मतबाट जित निकाले । यो जितसँगै आङ्देम्बेको पछिल्लो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम