मुख्य समाचार
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार गरिरहेको बताएका छन्। तेहरानले अझैसम्म पर्याप्त पीडा नभोगेको दाबी गर्दै ट्रम्पले पुन: ठूलो सैन्य अभियान सुरु गर्ने निर्णयको नजिक पुगेको जनाएका छन्।

अमेरिकी केन्द्रीय कमाण्डले जुलाई २३ को राति इरानमाथि लगातार १३ औं रात हवाई हमला सम्पन्न गरेको जनाएको छ। सेन्टकमका अनुसार इरानका सैन्य कमाण्ड सेन्टर, ड्रोन भण्डारण केन्द्र, सञ्चार सञ्जाल, तटीय निगरानी स्थल र समुद्री क्षमताहरूलाई निसाना बनाइएको छ।

इरानको अर्ध–सरकारी सञ्चारमाध्यम ’तस्निम’ का अनुसार दक्षिण–पश्चिमी प्रान्त खुजेस्तानको अहवाज सहरनजिकै भएको अमेरिकी मिसाइल प्रहारमा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

ट्रम्पको यस भनाइपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले कडा प्रतिक्रिया दिएका छन्। उनले अमेरिकाको विवेकहीन आक्रामकताले गर्दा ट्रम्पले युद्ध अन्त्यको सम्झौताका लागि अझ भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।


अमेरिकी वायुसेनाले इरानका मुख्य ५ वटा सहरहरू— खोंदाब, खोर्रमाबाद, कोनारक, जास्क र राजधानी तेहरानका विभिन्न स्थानमा हमला गरेको छ। रणनीतिक रूपमा निकै संवेदनशील मानिने होर्मुज जलसन्धिनजिकै रहेको जास्क बन्दरगाहमा धेरै वटा ठूला विष्फोटहरू भएका छन्। तेहरानमा अमेरिकी विमान र मिसाइल रोक्न इरानी एयर डिफेन्स सिस्टम सक्रिय पारिएको थियो।

उत्तरी इराकमा खसालिएको एक इरानी ड्रोनको नफुटेको विष्फोटक पदार्थलाई नियन्त्रित रूपमा विष्फोट गराउने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। योसँगै यस युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या १७ पुगेको छ।

अर्कोतर्फ, इरानविरुद्धको युद्ध लम्बिँदै जाँदा अमेरिकाको हतियार भण्डार तीव्र रूपमा घट्दै गएको पेन्टागनका पूर्व अधिकारी मार्क क्यान्सियनले बताएका छन्।

इरानमा प्रयोग गरिएका मुख्य ७ वटा हतियारमध्ये आधा जति भण्डार सकिइसकेको र यसलाई पूरै भर्न २ देखि ५ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ।

तेलको मूल्य १०० डलर नाघ्यो

यमनका हुथी विद्रोहीहरूले लाल सागरमा साउदी अरबका दुईवटा तेल ट्याङ्करहरू– एन्सेलिया र लाइलामाथि ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोनमार्फत हमला गरेका छन्। हमलापछि दुवै ट्याङ्करमा आगो लागेको छ।

हुथी आक्रमणको त्रासका कारण बाब अल–मन्देब जलसन्धिबाट गुज्रिन लागेका कम्तीमा १० वटा व्यापारिक जहाजहरूले बाटो मोडेर अफ्रिकाको दक्षिणी किनार (केप अफ गुड होप) को लामो रुट प्रयोग गर्न थालेका छन्।

यस तनावका कारण अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ। यो हप्ता मात्रै कच्चा तेलको मूल्यमा १३.५ प्रतिशतसम्मको वृद्धि दर्ता भएको छ।

अमेरिकी सिनेटद्वारा युद्ध रोक्ने प्रस्ताव अस्वीकृत

अमेरिकी कंग्रेसको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) ले युद्ध रोक्न ल्याइएको ’वार पावर्स रिसोल्युसन’ २१४–२०८ मतले पारित गरे पनि माथिल्लो सदन (सिनेट) मा यो ४७–४९ मतले अस्वीकृत भएको छ।

प्रतिनिधि सभाले ट्रम्प प्रशासनको ९५ अर्ब डलरको थप रक्षा बजेट २१६–२१४ मतले स्वीकृत गरेको छ, जसले इरान युद्धका लागि अमेरिकी सेनालाई थप बजेट उपलब्ध गराउनेछ।

यसैबीच, बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले इरानविरुद्धको कारबाहीका लागि अमेरिकालाई डिएगो गार्सीया र फेयरफोर्ड एयरबेस प्रयोग गर्न अनुमति दिएका छन्।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...