मुख्य समाचार
सिरहाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा र मदिरा लैजान प्रयोग भएको गाडी नियन्त्रणमा
सिरहाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा र मदिरा लैजान प्रयोग भएको गाडी नियन्त्रणमा

। सशस्त्र प्रहरीले सिरहाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा र मदिरा लैजान प्रयोग भएको गाडी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गणबाट खटिएको प्रहरी टोलीले करिब २१ लाख २७ हजार २१० रुपैयाँ बराबरको अवैध मदिरा र कार नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका अनुसार आज बिहान करिब २:०५ बजे सिरहाको भगवानपुर गाउँपालिका–३ धाँतीस्थित दशगजा नजिक सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वाबाट खटिएको ९ सदस्यीय मोबाइल गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको डिएल–७ च ९७९२ नम्बरको सेतो रङको मारुती सुजुकी कार जाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध मदिरा फेला पारेको हो।

बरामद मदिरामा ब्ल्याक ओक, अर्ना क्यान बियर, बाह्रसिङ्गे बियर तथा कस्तुरी मदिरा रहेका छन्।


कारसहित बरामद गरिएको मदिराको कुल अनुमानित मूल्य २१ लाख २७ हजार २१० रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाका प्रमुख एसपी सुमनजङ थापा मगरले जानकारी दिए।

प्रहरीका अनुसार कार चालक भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढाएको छ । यही साता भर्ना खुल्ने तयारी भएसँगै स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने गरी अन्तिम तयारी सुरु गरिएको हो । विश्वविद्यालयले नीतिगत रूपमा अन्तिम निर्णय गरेर भर्ना आह्वान गर्ने तयारी भइरहेको जनाएको छ । विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले विदेशी ...
। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीको कारण मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार जनादेशको पालना नगरी उल्टै बाटोमा ...
। गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात हजार २५१ फरार प्रतिवादीलाई पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट ४८, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट एक हजार २३२, कोशी प्रदेशबाट ९६०, मधेसबाट दुई हजार ११७, बागमतीबाट ७६०, गण्डकीबाट ४५२, लुम्बिनीबाट एक हजार १८१, कर्णालीबाट १८७ र सुदूरपश्चिमबाट ३१४ जना पक्राउ परेका ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अभियान सफल बनाउनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको निर्णयबाट आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून निर्माण तथा सुधार वर्ष’ घोषणा गरिएको थियो । मन्त्री गौतमले ‘कानुन निर्माण तथा सुधार वर्ष’लाई सफल बनाउनका लागि उच्चस्तरीय कानून ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउनसके नेपाल ‘ग्रे लिस्ट’ बाट चाँडै बाहिर निस्कने आफ्नो विश्वास रहेको उनले बताए । आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई बिहीबार सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम