मुख्य समाचार
नेपालकै सबैभन्दा बढी सदस्य भएको पार्टीको रुपमा आफ्नो पार्टी बन्दै गरेको दाबी
नेपालकै सबैभन्दा बढी सदस्य भएको पार्टीको रुपमा आफ्नो पार्टी बन्दै गरेको दाबी

। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपालकै सबैभन्दा बढी सदस्य भएको पार्टीको रुपमा आफ्नो पार्टी बन्दै गरेको दाबी गरेका छन् ।

बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

आफ्नो पार्टीले डिजिटल नेटवर्कभित्र सूचना हालिदिएपछि त्यो सूचना सबैतिर पुग्नेगरी नेटवर्क बनाएको उनको भनाइ छ ।

‘अब केन्द्रीय कार्यालयले सदस्यहरूलाई सूचना पुर्‍याउनका निम्ति विज्ञापन गरिरहनुपर्दैन । डिजिटल नेटवर्कभित्र सूचना हालिदिएपछि त्यो सूचना सबैतिर पुग्छ,’ महामन्त्री पौडेलले भने, ‘त्यसैले अब नेपालमा सबैभन्दा बढी सदस्य भएको पार्टी नेपाली कांग्रेस बन्दैछ ।’


सबै सदस्यहरू डिजिटल नेटवर्कमा जोडिएको अवस्था बन्ने र सबै सदस्य डिजिटल नेटवर्कमा जोडिएको पहिलो पार्टी नेपाली कांग्रेस बन्न लागेको जिकिर उनको थियो ।

‘त्यतिमात्रै होइन, आजको दुनियाँमा त्यो संस्थामात्रै धनी हुन्छ, सम्पन्न हुन्छ, त्यो संस्थामात्रै सफल हुन्छ । नेपाली कांग्रेससँग अब उसका सबै सदस्यहरू डिजिटल नेटवर्कमा जोडिएको अवस्था बन्नेछ,’ पौडेलले भने, ‘सबै सदस्यहरू डिजिटल नेटवर्कमा जोडिएको एकमात्रै पार्टी नेपाली कांग्रेस बन्दैछ । यसमा हामीले गर्व गर्न जरुरी छ । पारदर्शीताको सन्दर्भमा होस् वा सदस्यको नेतृत्वसँग समन्वय गर्ने सन्दर्भमा होस् धेरै कुरामा हामीलाई सजिलो हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढाएको छ । यही साता भर्ना खुल्ने तयारी भएसँगै स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने गरी अन्तिम तयारी सुरु गरिएको हो । विश्वविद्यालयले नीतिगत रूपमा अन्तिम निर्णय गरेर भर्ना आह्वान गर्ने तयारी भइरहेको जनाएको छ । विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले विदेशी ...
। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीको कारण मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार जनादेशको पालना नगरी उल्टै बाटोमा ...
। गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात हजार २५१ फरार प्रतिवादीलाई पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट ४८, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट एक हजार २३२, कोशी प्रदेशबाट ९६०, मधेसबाट दुई हजार ११७, बागमतीबाट ७६०, गण्डकीबाट ४५२, लुम्बिनीबाट एक हजार १८१, कर्णालीबाट १८७ र सुदूरपश्चिमबाट ३१४ जना पक्राउ परेका ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अभियान सफल बनाउनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको निर्णयबाट आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून निर्माण तथा सुधार वर्ष’ घोषणा गरिएको थियो । मन्त्री गौतमले ‘कानुन निर्माण तथा सुधार वर्ष’लाई सफल बनाउनका लागि उच्चस्तरीय कानून ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउनसके नेपाल ‘ग्रे लिस्ट’ बाट चाँडै बाहिर निस्कने आफ्नो विश्वास रहेको उनले बताए । आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई बिहीबार सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम