मुख्य समाचार
कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ
कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ

। कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानमा गरिएको अप्रेसनका क्रममा खैरो हेरोइन र गाँजासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद ११ हजार पाँच सयसहित २३ वर्षीय अमन चौधरी र भजनी-९ का २७ वर्षीय निराजन चौधरी पक्राउ गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै, मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट १२० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय २३ वर्षीय विनोद बिष्ट र कालिकोट रास्कोट–४ घर भई हाल लम्कीचुहा–३ बस्दै आएका २५ वर्षीय गोविन्द्र शाही पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकस्थित एक कोठाबाट ४ ग्राम ३२३ मिलिग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २८ वर्षीय आयुष सिंह, ३४ वर्षीय जयबहादुर भण्डारी, ३० वर्षीय टेकेन्द्र बस्नेत र २५ वर्षीय श्रीमल चौधरी रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले श्रीमल चौधरीको कोठामा खानतलासी गर्दा उनीहरू लागूऔषध सेवन गरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

टिकापुर नगरपालिका-१ समितिपुरबाट ४०० मिलिग्राम खैरो हेरोइनसहित २८ वर्षीय सागर खत्री र एक १८ वर्षीय किशोर पक्राउ परेका छन्। शंकाका आधारमा गरिएको चेकजाँचका क्रममा उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी, गोदावरी नगरपालिका-५ गेटा सुकुम्बासी टोलबाट ३७० ग्राम गाँजाजस्तो देखिने धुलो पदार्थसहित ४५ वर्षीय खडक डंगौरा पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गरिएको घर खानतलासीका क्रममा उक्त पदार्थ बरामद भएको हो ।

धनगढी उपमहानगरपालिका-१७ पथरी पुलबाट ३३५ मिलिग्राम खैरो हेरोइनसहित २६ वर्षीय राजेश राना र २५ वर्षीय किरण राना पक्राउ परेका छन् भने धनगढी–७ जीपी चोकबाट २३८ मिलिग्राम खैरो हेरोइनसहित २५ वर्षीय विकास जेठारा र २८ वर्षीय विवेकराज उपाध्याय पक्राउ परेका छन्। । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित टेलिकम नजिकबाट एसएलआरको ६ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं नक्साका ४३ वर्षीय विकास महर्जन छन् । उनलाई प्रहरी चौकी जोरपाटीले पक्राउ गरेको हो । ग्यास सिलिन्डर चोरीको आशंकामा उनको कोठा जाँच गर्ने क्रममा गोली भेटिएको प्रहरीले बताएको छ । प्रहरी वृत्त बौद्धमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको ...
। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक गरिने बताएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालय र आईओएमको आयोजनामा पाँचौं ‘नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट’ सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले चर्को ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका हुन् । उनले फ्रि भिसा, ...
। सर्वोच्च अदालतले पशु चिकित्सकलाई पशु औषधि सिफारिसको कानुनी अधिकार दिने गरी कानुन बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । नेपालका पशु चिकित्सकहरू लामो समयदेखि पशु उपचार तथा पशु औषधि सिफारिस कार्यमा व्यवहारिक रूपमा संलग्न रहेपनि औषधि ऐन, २०३५ मा रहेको अस्पष्ट एवं त्रुटिपूर्ण व्यवस्थाका कारण उनीहरूले पशु औषधि सिफारिस गर्ने स्पष्ट कानुनी अधिकार प्राप्त गर्न ...
। वैदेशिक रोजगार विभागले ५ सय ९८ म्यानपावर व्यवसायीलाई कारबाही गरेपछि उनीहरू आक्रोशित बनेका छन् । अबको १५ दिनभित्र यसअघिका माग अनुसार श्रमिक पठाइसक्ने र त्यसपछि श्रमिक पठाउन बन्द गर्नेदेखि लिएर अन्य दबाबमूलक कार्यक्रम गर्ने चेतावनी उनीहरू दिएका छन् । भारतीय विमानस्थल हुँदै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै विभागले ५ सय ९८ म्यानपावर कम्पनीलाई कारबाही स्वरूप सचेत ...
। चितवनका ३४ भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र (लालपुर्जा) वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई लालपुर्जा वितरण गरेको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम