मुख्य समाचार
विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिजम’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिजम’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ

। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सो कार्यालयबाट प्रयोगमा रहेका कम्प्युटर लगायतका अन्य महत्वपूर्ण सामग्रीहरू समेत बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त कम्पनी नेपाली नागरिकको नाममा दर्ता गरिए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको पाइएको छ ।


कम्पनीले दुबई, सिंगापुर, मलेसिया र थाइल्याण्ड लगायतका देशहरूमा सस्तो प्याकेजमा घुम्न लैजाने भन्दै ग्राहकहरूलाई आकर्षित गर्ने गरेको थियो । प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँसम्मको प्याकेज बनाएर शुरुमा अग्रिम रकम लिने र पूर्ण भुक्तानी भइसकेपछि कम्पनी नै बन्द गरेर सञ्चालकहरू फरार हुने योजनाका साथ स्क्याम चलाइएको प्रहरीको दाबी छ ।

डीएसपी भट्टराईकाअनुसार सो कम्पनीले विभिन्न अफरहरू देखाएर ग्राहकलाई किस्ताबन्दीमा रकम बुझाउन लगाउने गरेको थियो ।

छापा मार्ने क्रममा कम्पनीमा कार्यरत १५ जना युवतीहरूलाई प्रहरीले फेला पारेको थियो । उनीहरूलाई आवश्यक सोधपुछ र सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाइएको छ । घटनामा संलग्न अन्य दुई जना सञ्चालकहरू भने हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हिमाल आरोहणका क्रममा मृत्यु भएका दुई जना जापानी नागरिकको अन्त्येष्टि गरिएको छ। बौद्ध परम्पराअनुसार आइतबार उनीहरूको अन्त्येष्टि गरिएको हो। उनीहरूको शव मराजगञ्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको थियो। टोकियोबाट मृतकका आफन्त आएपछि नेपालस्थित जापानी दूतावासको रहोवरमा पोष्टमार्टम भएको थियो। पोष्टमार्टमपश्चात आइतबार स्वयम्भुमा उनीहरूको अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा उनीहरूका आफन्त, दूतावासका प्रतिनिधि र ट्रेकिङ एजेन्सीका अधिकारीहरूको उपस्थिति ...
: जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले उनको निधन भएको जानकारी दिएको छ। स्रोतका अनुसार, फुकुदाको गत बिहीबार मुटुको कार्यविफलता (हार्ट फेलियर)का कारण टोकियोमा निधन भएको हो। उनको अन्त्येष्टि परिवारका निकट सदस्यहरूको उपस्थितिमा निजी रूपमा सम्पन्न भइसकेको छ भने सार्वजनिक श्रद्धाञ्जली सभा पछि आयोजना गरिनेछ। फुकुदा सेप्टेम्बर २००७ मा ...
: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुईजना जापानी नागरिकको शव फेला परेको छ। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा उनीहरू बेपत्ता भएका थिए। जापानको टोकियो निवासी दुईजना पर्वतारोहीको शव शुक्रबार फेला परेको हो। उनीहरूको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। काठमाडौंमा पोस्टमार्टम गरेपछि नेपालस्थित जापानी ...
: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता भएका छन्। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी २ जना पर्वतारोही बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन्। बेपत्ता दुबैजना पुरुष हुन्। काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा ...