मुख्य समाचार
हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो
हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो

। आसार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ ।

भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो । आजका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वास छ । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।


चार नारायणको आज र हरि बोधिनी एकादशीमा एकैदिन पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउने गरेका छन् ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजा आजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ ।


यसैगरी दरबारमार्गस्थित नारायणहिटीमा रहेको चतुव्र्युह नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । चतुव्र्युह नारायण मन्दिरमा चारै नारायणको मूर्ति रहेको नारायणहिटी चतुव्र्युह मठका मठाधीश राजेश्वरानन्द सरस्वतीले जानकारी दिए । चार नारायण दर्शन गर्न नसक्नेले चतुव्र्युह नारायण मन्दिरमा दर्शन गरेमा चारै नारायण मन्दिरमा दर्शन गरे बराबरको फल मिल्ने उहाँले सुनाउनुभयो । यसै विश्वासका आधारमा आज बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

मन्दिरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिनुभयो । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति तीन बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो ।

जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा भीड लाग्ने गर्छ । नेपालीले आजैदेखि घर घरमा तुलसीको विशेष पूजा सुरु गर्दैछन् । यसरी पूजा गर्ने क्रम कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म जारी रहन्छ । यो चार महिनाको अवधिलाई चतुर्मास पनि भनिन्छ । यी चार महिना धेरै भक्तजन व्रत बस्ने गर्छन् । यस अवधिमा नारायण मन्दिरमा चतुर्मास प्रवचन पनि भन्ने गरिन्छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित नारायणटारमा रहेको नारायण मन्दिर, पशुपति क्षेत्रमा रहेका विभिन्न नारायण मन्दिर, हाँडीगाउँ क्षेत्रको सत्य नारायण मन्दिर, वसन्तपुर दरबार क्षेत्रस्थित नारायण मन्दिरलगायत काठमाडौँ उपत्यकासहित देशभरका नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा नेपाल र स्वीट्जरल्यान्डबीच द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूबारे छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीचको ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा पालिकामा किसानको खेतसम्मै प्रत्यक्ष सेवा पुर्‍याउने गरी कृषिको नमूना कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषिमन्त्री गीता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राखेर यो कार्यक्रम कार्यान्वयन गरिने बताएकी छन् । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको शिष्टाचार भेट तथा संघ-प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्टहरू सत्ता र सरकारमा अल्झिँदा वैरीहरूले २० बर्से रणनीति बनाउन सकाउन लागेको टिप्पणी गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टले परम्परागत शैलीमा वैचारिक स्कुलिङमा नलाग्दा अहिलेको क्षति बेहोर्नुपरेको बताएका हुन् । ‘हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन्,’ प्रचण्डले ...
। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन निर्देशन दिएका छन् । पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल टेलिकमलाई यस्तो निर्देशन दिएका हुन् । त्यहाँ सडक सञ्जालबाट सामान ढुवानी गर्नसक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट तत्काल सामान ढुवानी गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा शुक्रबार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम