मुख्य समाचार
नेपाली कम्युनिस्टहरू सत्ता र सरकारमा अल्झिँदा वैरीहरूले २० बर्से रणनीति बनाउन सकाउन लागेको टिप्पणी
नेपाली कम्युनिस्टहरू सत्ता र सरकारमा अल्झिँदा वैरीहरूले २० बर्से रणनीति बनाउन सकाउन लागेको टिप्पणी

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्टहरू सत्ता र सरकारमा अल्झिँदा वैरीहरूले २० बर्से रणनीति बनाउन सकाउन लागेको टिप्पणी गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टले परम्परागत शैलीमा वैचारिक स्कुलिङमा नलाग्दा अहिलेको क्षति बेहोर्नुपरेको बताएका हुन् ।

‘हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन्,’ प्रचण्डले भने, ‘नेपालमा यी कम्युनिस्ट बढी भएका छन् । यीनलाई ठिक पार्नुपर्छ भनेर २० बर्से योजना बनाएछन् ।’

वैरीहरू लागेको कुरा अलिअलि थाहा पाइएपनि यही स्तरमा एकैदिनमा नेपाललाई विध्वंश पार्नेगरी लागेको नलागेको उनले बताए ।

‘यो स्तरमा आउँदैनन् होला भन्ने भ्रम पालिएछ, हामीले,’ प्रचण्डले भने ।


नेपालका कम्युनिस्ट शक्ति शान्ति सम्झौतापछि काठमाडौंमा सत्ता र सरकारको कार्यनैतिक काममा अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले खेल्ने मौका पाएको बताए ।

‘हामी रणनीतिलाई भुल्यौं, छाड्यौं या अवमूल्यन गर्‍यौं, विचारको, निरन्तर स्कुलिङको आवश्यकतालाई । सरकारको प्रधानमन्त्री बनाउने, मन्त्री बनाउने, पालिका, प्रदेशमा निर्वाचित हुने यो कुरालाई रणनीति जस्तो गरियो । यही नै सबैचिज हो भनेजस्तो गरियो । मेरो विचारमा कम्युनिस्टको गल्ती त्यहीनेर भयो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि रक्षा गर्ने उद्देश्यसहित नामिबियाका रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ । लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रुपमा शुक्रबार ट्रम्पलमनलाई अनुबन्ध गरेको जनाएको छ । देब्रेहाते तीब्र गतिका २८ वर्षे बलर ट्रम्पलमन लुम्बिनी लायन्सले दोस्रो संस्करणमा उपाधि जित्दा प्लेयर अफ द टूर्नामेन्ट` चुनिएका थिए । उनले ६.७२ ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युत्लाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्न विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको बताएका छन् । उनले यसका लागि विद्यमान कानुनी व्यवस्था पर्याप्त छ वा नयाँ कानुन आवश्यक पर्छ भन्ने विषयमा सरकारले अध्ययन गरिरहेको जानकारी दिए । शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ...
। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताएका हुन् । वामपन्थी शक्तिहरूले आफ्नै विगतको भुमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरिकन ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ अफिम युद्धजस्तै साम्राज्यवादीले नेपाली जनतालाई सामाजिक सञ्जालको अफिमबाट लठ्ठ पारेको टिप्पणी गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । ‘साम्राज्यवादीहरूले चीनको प्राकृतिक स्रोतसाधन कसरी लुट्ने भन्दा त्यहाँका जनतालाई अफिमको लत बसाइदिने,’ प्रचण्डल चीनको घटना भन्दै अगाडि भने, ‘आम रूपमा जनतालाई ...
। सरकारले फ्रान्सको सरकारी कम्पनी आईएन ग्रुपबाट राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम खरिद गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले प्रतिस्पर्धाबिना नै सरकार–सरकार (जी टु जी) माध्यमबाट अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम (एबीआईएस) खरिद गर्न लागेको हो। करिब एक करोड युनिटमा खरिद गरिने उक्त प्रणालीले एकअर्काको पहिचान छुट्याउन सहज हुन्छ। एबीआईएसले लाखौँको सङ्ख्यामा रहेका व्यक्तिहरूको वैयक्तिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम