मुख्य समाचार
चिनियाँ अफिम युद्धजस्तै साम्राज्यवादीले नेपाली जनतालाई सामाजिक सञ्जालको अफिमबाट लठ्ठ पारेको टिप्पणी
चिनियाँ अफिम युद्धजस्तै साम्राज्यवादीले नेपाली जनतालाई सामाजिक सञ्जालको अफिमबाट लठ्ठ पारेको टिप्पणी

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ अफिम युद्धजस्तै साम्राज्यवादीले नेपाली जनतालाई सामाजिक सञ्जालको अफिमबाट लठ्ठ पारेको टिप्पणी गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

‘साम्राज्यवादीहरूले चीनको प्राकृतिक स्रोतसाधन कसरी लुट्ने भन्दा त्यहाँका जनतालाई अफिमको लत बसाइदिने,’ प्रचण्डल चीनको घटना भन्दै अगाडि भने, ‘आम रूपमा जनतालाई अफिम खुवाएर लठ्ठ पारेपछि केको राष्ट्रिय स्वाधीनता, केको क्रान्ति, केको परिवर्तन ! केही गर्नुपरेन अनि साम्राज्यवादीले चीनको स्रोतसाधन आफ्नो कब्जामा पार्थे ।’

यसपटक नेपालमा चीनको त्यही घटना दोहोरिएको उनको टिप्पणी थियो ।

‘यो पटक नेपाली जनतालाई पनि अफिम खुवाएछन् । मैले जनताको अपमान गर्न खोजेको होइन, कस्तो सोसियल मिडियाबाट अल्गोरिदिमिक मेनुपुलेसन जो भन्ने गर्छौं त्यो अफिमै हो । लठ्ठ पारिदिए सबैलाई,’ प्रचण्डले भने ।


अब नेपालमा पनि अफिम युद्ध चलाउनुपर्ने आवश्यकता भएको प्रचण्डले टिप्पणी गरे । उनले भने, ‘हामीले अफिम युद्ध चलाउनुपर्ने भयो । अब अर्को उपाय भएन । जुनदिन अफिमको नसाबाट चिनियाँ जनता मुक्त भएपछि क्रान्ति अगाडि बढ्यो यहाँ पनि सोसियल मिडियाको अफिमबाट नेपाली युवालाई दुरुस्त पार्न सक्यौं भने युवाले राष्ट्रलाई स्वाधीनताका निम्ति बलिदान गर्ने आँट गर्छन् । त्यो काम गर्नुपर्नेछ । गर्नैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रौतहटमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ। गुजरा नगरपालिका–५ हरिहरपुरका चन्देश्वर साह कलवारकी श्रीमती ४५ वर्षीया रेनुदेवी जयसवालको हत्या भएको हो । रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल स्थायी घर भई हाल मृतककै घरमा डेरा गरी बस्ने ३५ वर्षीय उपेन्द्र साह कलवारले घाँटीमा खुकुरी प्रहार गरी रेनुको ...
। गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बिओपी)मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको उल्लेख गरे । साथै, पूर्वाधार निर्माण ...
। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शनिबार र आइतबारको बिदाले भविष्यमा नतिजा दिने बताएका छ । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री पोखरेलले भने, ‘शनिबार र आइतबार बिदाको विषय अहिलेको लागि अनपपुलर डिसिजन हो, थाहा छ । तर लङ ट्रममा मेन्टल हेल्थको इस्सु देखि लिएर प्रडक्टिभिटी बढाउछ ।’ अभिभावकलाई पनि दुई दिन बिदा आवश्यक रहेको उनले बताए । ‘अभिभावक ...
। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले क्रान्तिकारी बाटोबाट पछि नहट्ने बताएका छन् । रुपन्देहीको भैरहवामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था र वैदेशिक हस्तक्षेपविरुद्ध आफ्नो पार्टी निरन्तर लडिरहने बताएका हुन् । कार्यक्रममा बोल्दै महासचिव विप्लवले संसदीय राजनीतिले देश र जनताका वास्तविक समस्या समाधान गर्न नसकेको दाबी गरे । वर्तमान राजनीतिक ...
। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि रक्षा गर्ने उद्देश्यसहित नामिबियाका रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ । लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रुपमा शुक्रबार ट्रम्पलमनलाई अनुबन्ध गरेको जनाएको छ । देब्रेहाते तीब्र गतिका २८ वर्षे बलर ट्रम्पलमन लुम्बिनी लायन्सले दोस्रो संस्करणमा उपाधि जित्दा प्लेयर अफ द टूर्नामेन्ट` चुनिएका थिए । उनले ६.७२ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम