मुख्य समाचार
मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताए
मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताए

। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।

वामपन्थी शक्तिहरूले आफ्नै विगतको भुमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरिकन कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन नसकिने उनको भनाइ छ ।

मुलुकको राजनीति बिग्रनुमा अरुलाई दोषारोपण गरेर मात्र नपुग्ने भन्दै उनले आफूहरूले अपनाएका नीति, गतिविधि, व्यवहार, र जनसम्पर्कका कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।


‘हामीले विभिन्न कालखण्डमा अंगालेका नीतिहरूको पनि समीक्षा गर्न जरुरी छ । शासनसत्तामा जाने बित्तिकै विदेशीका सामु झुक्नै पर्छ भन्ने हुँदैन आवश्यक छैन । दृढताका साथ आफ्नो आवाज बुलन्द गर्न सकिन्छ । आवाज बुलन्द गर्ने बित्तिकै युद्ध नै भइहाल्दैन । आफ्नो देशको हितको कुरा राख्ने बित्तिकै सम्बन्ध टुटिहाल्ने अवस्था हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्ध कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संसारमा धेरै अनुभवहरूबाट सिकेर अगाडि बढ्न सकिन्छ,’ उनले भने ।

सहसंयोजक नेपालले शासनसत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्ने वामपन्थी दलहरूको नीति अनउपयुक्त रहेको टिप्पणी गरे ।

सहसंयोजक नेपालले विदेशीलाई खुसी पार्नकै लागि राष्ट्रहित विपरितका विषय समेत स्वीकार गरिएको उनको तर्क छ ।

‘नेपालको राजनीतिमा रहेका विकृति विसंगतिहरूबाट वामपन्थीहरू पनि मुक्त छैनन् । वामपन्थीहरूले पनि आफ्नो भूमिका विगतमा खेलेको भुमिकाको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ । कहाँ हामी चुक्यौं ? अरुलाई आरोप मात्र लगाएर पुग्दैन,’ उनले भने, ‘हाम्रा सोचहरूमा, नीतिहरूमा, गतिविधिहरूमा, व्यवहारहरूमा, जीवनशैलीहरूमा, हाम्रो जनसम्पर्कहरूमा कहाँ–कहाँ त्रुटीहरू रहे यी सबै कुरामा पनि आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता छ । त्यसो भएको हुनाले सबैभन्दा पहिले हामी खुला मनले बसेर छलफल गरौं ।’

अतिवाद र आत्मसमर्पणवादी दुवै प्रवृत्तिबाट त्यागेर देश र जनतालाई केन्द्रमा राखेर कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

‘धेरै अतिवादी हुने कुरा पनि होइन । अर्कोतर्फत घुँडा टेक्ने र आत्मसमर्पणवादी पनि बन्ने होइन । सही नीति र दृष्टिकोण बोकेर देश र जनताको हितलाई केन्द्रबिन्दुरमा राखेर अगाडि बढ्नसक्यौँ भने मात्रै वास्तवमा कम्युनिष्ट आन्दोलाई नयाँ उचाईमा पर्‍ुयाउन सकिन्छ,’ नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ । जस अनुसार, नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो । सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले ...
। गृहमन्त्री सुधन गुरुङले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि गृहमन्त्री आफैं भन्दा पनि स्पेशल टास्क फोर्स बनाएर सादा पोशाकमा खटाइने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं,’ ...
। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्दै जनताको चाहनाअनुरूप राजनीतिक स्थिरता, ...
। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रार बनाउने जिम्मा उपकुलपतिलाई दिइएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री पोखरेलले विश्वविद्यालय स्वायत्त निकाय भएकाले आफ्नो टिम बनाउन उपकुलपतिलाई नै दिइएको उनले बताए । ‘विश्वविद्यालयलाई स्वतन्त्र र स्वायत्त निकाय हो । भीसीलाई डिसिजन गर्न, टिम आफ्नो किसिमले बनाउनुहोस भनेका छौँ,’ मन्त्री पोखरेलले भने, ‘उपकुलपति हामीले ...
। काभ्रेको धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृष्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन सर्ट भएर उनलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका–२१ सतुङ्गल बस्ने ३० वर्षीय डेनिष प्रधानको मृत्यु भएको हो । उनी अन्नपूर्ण केबल लाइन सतुंगलमा कार्यरत रहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम