मुख्य समाचार
मन्त्री विराजभक्त श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युत्लाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्न विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको बताए
मन्त्री विराजभक्त श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युत्लाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्न विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको बताए

। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युत्लाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्न विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको बताएका छन् ।

उनले यसका लागि विद्यमान कानुनी व्यवस्था पर्याप्त छ वा नयाँ कानुन आवश्यक पर्छ भन्ने विषयमा सरकारले अध्ययन गरिरहेको जानकारी दिए ।

शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी ‘बिजनेस–टु–बिजनेस’ (बीटुबी) मोडेल मार्फत अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक अनुमति दिन सरकार सकारात्मक रहेको बताए ।

उनले निजी क्षेत्रको सहभागिताले प्राधिकरणको भूमिका र राज्यको हितमा असर नपर्ने व्यवस्था सुनिश्चित गरिने उल्लेख गरे ।


मन्त्री श्रेष्ठले प्रसारण लाइन विस्तारलाई सरकारले प्राथमिकतामा राखेको र ऊर्जा क्षेत्र विकासले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

छलफलमा पूर्वसचिव दिनेश घिमिरे, इप्पान अध्यक्ष मोहन डाँगी, पूर्वअध्यक्ष गणेश कार्की तथा वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले प्रतिस्पर्धी विद्युत् बजार निर्माण, पीपीए दबाब व्यवस्थापन तथा निजी क्षेत्रलाई विद्युत् व्यापारमा कानुनी रूपमा सहभागी गराउन आवश्यक नीति तथा कानुनी सुधार गर्न सरकारसँग आग्रह गरेका थिए ।

इप्पान अध्यक्ष डाँगीले विद्युत् व्यापार र प्रसारण प्रणालीमा निजी क्षेत्रको सहभागिता अब विकल्प नभई आवश्यकता बनिसकेको बताउँदै वास्तविक लगानीकर्ता प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

इप्पान वरिष्ठ उपाध्यक्ष ब्लोनले प्रस्तुतीकरण गर्दै बहुविक्रेता र बहुक्रेता हुँदा प्रतिस्पर्धी बजारले विद्युत्को उचित मूल्य निर्धारण र बजार विस्तारमा सहयोग पुग्ने बताए ।

नेपालको विद्युत्लाई समय, मूल्य र माग अनुसार क्षेत्रीय बजारमा बिक्री गर्न सक्ने व्यवस्था तत्काल आवश्यक रहेको उनले उल्लेख गरे ।

केही नेपाल ऐन संशोधन गरेर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गर्ने कानुनी बाटो खोल्न सरकारसँग उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ । जस अनुसार, नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो । सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले ...
। गृहमन्त्री सुधन गुरुङले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि गृहमन्त्री आफैं भन्दा पनि स्पेशल टास्क फोर्स बनाएर सादा पोशाकमा खटाइने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं,’ ...
। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्दै जनताको चाहनाअनुरूप राजनीतिक स्थिरता, ...
। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रार बनाउने जिम्मा उपकुलपतिलाई दिइएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री पोखरेलले विश्वविद्यालय स्वायत्त निकाय भएकाले आफ्नो टिम बनाउन उपकुलपतिलाई नै दिइएको उनले बताए । ‘विश्वविद्यालयलाई स्वतन्त्र र स्वायत्त निकाय हो । भीसीलाई डिसिजन गर्न, टिम आफ्नो किसिमले बनाउनुहोस भनेका छौँ,’ मन्त्री पोखरेलले भने, ‘उपकुलपति हामीले ...
। काभ्रेको धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृष्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन सर्ट भएर उनलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका–२१ सतुङ्गल बस्ने ३० वर्षीय डेनिष प्रधानको मृत्यु भएको हो । उनी अन्नपूर्ण केबल लाइन सतुंगलमा कार्यरत रहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम