। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शनिबार र आइतबारको बिदाले भविष्यमा नतिजा दिने बताएका छ ।
शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री पोखरेलले भने, ‘शनिबार र आइतबार बिदाको विषय अहिलेको लागि अनपपुलर डिसिजन हो, थाहा छ । तर लङ ट्रममा मेन्टल हेल्थको इस्सु देखि लिएर प्रडक्टिभिटी बढाउछ ।’
अभिभावकलाई पनि दुई दिन बिदा आवश्यक रहेको उनले बताए ।
‘अभिभावक काम गर्नुहुन्छ । छोराछोरी हेर्ने नहुन सक्छ । अभिभावकको पनि दुई दिन छुट्टी हुनुपर्छ । सरकारीमा दुई दिन बिदा छ,’ उनले भने, ‘निजी क्षेत्रले पनि दुई दिन बिदा गर्नुहुन्छ भन्ने विश्वास छ । समग्र समजालाई पोजिटिभ हुन्छ ।’