मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बिओपी)मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताए
गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बिओपी)मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताए

। गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बिओपी)मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको उल्लेख गरे ।

साथै, पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ । सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि ड्रोनमार्फत निगरानी तथा सीमा नाकामा फेस रिकोग्निसनसहितको सीसीटिभी प्रणाली जडान गरिने बताए ।

‘धेरै जस्तो सीमावर्ती नाकाहरूमा प्रहरी बस्नको लागि टहरा, जस्ता, भत्किनै लागेको बिल्डिङ, चुहिने छाना छ । अनि प्रहरीले रातभरी ड्युटि गर्नुपर्ने अवस्था छ । यस्तो समस्या प्रहरीले भोगिरहेका छन् । ती समस्याहरू समाधान गर्नको लागि हामीले बल्ल बजेट पाएका छौं,’ उनले भने, ‘अस्तिसम्म हामीले पुरानै बजेटले काम गरिरहेका थियौं । विनियोजित बजेट कार्यान्वयन गर्ने चरणमा अहिले हामी पुगेका छौँ । त्यसकारण सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउनको लागि बोर्डर आउट पोस्ट (बिओपी)हरूमा पूर्वाधार निर्माण गर्ने योजनाहरू यसमा छ ।’


सरकारले चालु आर्थिक वर्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको समेत उनले बताए । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुरक्षा सुनिश्चित गर्न सकिए उनीहरूले नागरिकको सुरक्षा अझ प्रभावकारी रूपमा गर्न सक्ने विश्वास व्यक्त उनले गरे ।

‘सीमा सुरक्षामा खटिएको जनशक्तिको सुरक्षाको जिम्मेवारी पनि मैमाथि परेको हुनाले उहाँहरूको सुरक्षा गर्न सकियो भने उहाँहरूले पनि नागरिकको सुरक्षा अझै प्रभावकारि तरिकाले गर्नसक्नुहुन्छ भन्ने मलाई लाग्छ । सीमा अवलोकनको क्रममा हामीले धेरै ठाउँहरूमा ओपन बोर्डरको कारण सीमावार अपराधिक क्रियाकलाप भइरहेको देख्यौं,’ उनले भने, ‘यता छेक्दा उता भाग्ने उता छेक्दा यता भाग्ने अवस्था छ । त्यसको लागि समेत उपलब्ध स्रोत र साधनको सदुपयोग गरेर काम गर्नको लागि निर्देशन दिएको छु । यस्ता क्षेत्रमा ड्रोनमार्फत निगरानी गर्न बजेट विनियोजन गरेका छौं, सीमा नाकामा सीसीटिभीको जडान गरेर फेस रिकोनाइज गर्नेगरी प्रविधिमार्फत सीमाको निगरानी गर्ने कार्यमा लागिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले प्लाइउड निर्यातका अवरोध हटाउन निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिबीच शुक्रवार सिंहदरबारमा भएको भेटवार्तामा प्लाइउड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत छलफल भएको हो । भेटका क्रममा प्रधानमन्त्रीले प्लाइउड निर्यातमा देखिएका नीतिगत र प्राविधिक गाँठो फुकाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिनुभएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति ...
। गुल्मीको कालिगण्डकी गाउँपालिका–४ पनौटा स्थित कालीगण्डकी नदीको बगरमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार दिउँसो स्थानीयवासीले नदीले बगाएर ल्याएको जस्तो देखिने एक महिलाको शव घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा उक्त ...
। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले दुई वटा प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग थप परामर्श गर्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको छ । जसमा अन्य पाँच वटा प्रदेशको नेतृत्व लिनेबारे सहमति भएको थियो । यद्यपि गण्डकी र मधेश प्रदेशको ...
। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ । जस अनुसार, नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो । सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले ...
। गृहमन्त्री सुधन गुरुङले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि गृहमन्त्री आफैं भन्दा पनि स्पेशल टास्क फोर्स बनाएर सादा पोशाकमा खटाइने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं,’ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम