। काभ्रेको धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ ।
धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृष्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन सर्ट भएर उनलाई करेन्ट लागेको थियो ।
प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका–२१ सतुङ्गल बस्ने ३० वर्षीय डेनिष प्रधानको मृत्यु भएको हो । उनी अन्नपूर्ण केबल लाइन सतुंगलमा कार्यरत रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।