मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन र निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने तयारी भइरहेको बताए
गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन र निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने तयारी भइरहेको बताए

: गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन र निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने तयारी भइरहेको बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा गृहमन्त्री गुरुङले आफूले विभिन्न स्थानको सीमा क्षेत्रमा पुगेर समस्याको पहिचान गरिसकेको भन्दै अब नियमित अनुगमन र निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने बताए।

गृहमन्त्री आफैं जाँदा भीडभाड हुने र काम गर्न सहज नहुने भएकाले, अब सादा पोशाकका प्रतिनिधिहरू पठाएर सीमा नाकाहरूमा काम र निरीक्षण प्रभावकारी रूपमा भइरहेको छ/छैन भन्ने नियमित अनुगमन गरिने उनले बताए। मन्त्री गुरुङले सीमा क्षेत्रमा खटिएका प्रहरीहरू टहरा, जस्ता र भत्किन लागेका भवनमा बस्नुपर्ने, पानी चुहिने र रातभरि ड्युटी गर्नुपर्ने कठिन परिस्थिति रहेकाले उक्त समस्याहरुलाई समाधान गरिने बताए।

खुला सीमाका कारण एकातर्फ अपराध गरेर अर्कोतर्फ भाग्ने, लागूऔषध ओसारपसार हुनेजस्ता चुनौतीहरू देखिएकाले यसमा विशेष निगरानी गरिने उनको भनाइ छ। उनले मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनताको समस्यामाथि विगतमा राजनीतिकरण हुने गरेकाले आफूले सो क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए। मन्त्री गुरुङले सुस्ताबासीको नागरिकतासम्बन्धी समस्या समाधान भइरहेको बताए।

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले सीमा क्षेत्रमा भइरहेका कामकारबाही र समस्या तथा चुनौतीका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरूले सीमा नाकामा नेपाली नागरिकको भोग्नुपरेका समस्या समाधान गर्न ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले भरुवा बन्दुकसहित साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका २८ वर्षीय उर्गेन राई र २४ वर्षका दिपेन राईलाई पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाइछिपाइ राखेको सूचनाको आधारमा शुक्रबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्स्पेक्टर निराजन बस्नेतले जानकारी दिए । उनीहरूको साथमा ...
। नेपाल विद्युत् प्राधिकरणले असारमा खपत गरिएको बिजुलीको बिलको साउनमा भ्याट लिएको विषयमा आन्तरिक राजस्व विभागसँग राय माग गरेको छ । ‘बिजुलीमा भ्याट : साउनदेखि उठाउनुपर्ने, सरकारले असारबाटै असुल्यो’ शीर्षकमा अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो । उक्त समाचारपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् प्राधिकरणलाई उपभोक्तालाई अन्याय नहुनेगरी समाधान गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउनु पर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३ औं स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएको वर्तमान अवस्थामा पुष्पलाल र नरबहादुर जस्ता नेताहरूको योजदानको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपा सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले असहमतिको उत्तर हिंसा र अपमानबाट हुन नसक्ने बताएका छन् । ‘प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ,’ उनले लेखेका छन्, ‘असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन ...
। सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले ५ नेपाली र १ भारतीयलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका व्यक्तिमध्ये सप्तरीका दुई जनाविरुद्ध गम्भीर आपराधिक मुद्दा रहेको खुलेको छ । पक्राउ परेकामध्ये एकजना कारागारबाट फरार कैदी रहेका छन् भने अर्काविरुद्ध ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ। पक्राउ ...