मुख्य समाचार
मधेसका गृहमन्त्री फकिरा महतोको 'गुण्डागर्दी अनुगमन शैली'विरुद्ध होटल तथा पर्यटन व्यवसायीआन्दोलित
मधेसका गृहमन्त्री फकिरा महतोको 'गुण्डागर्दी अनुगमन शैली'विरुद्ध होटल तथा पर्यटन व्यवसायीआन्दोलित

: यतिखेर मधेसका गृहमन्त्री फकिरा महतोको 'गुण्डागर्दी अनुगमन शैली'विरुद्ध होटल तथा पर्यटन व्यवसायीआन्दोलित भएका छन्। महोत्तरीका तीन प्रमुख व्यवसायीक संस्थाले मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री समेत रहेका महतोको नेतृत्वमा पछिल्लो समय मधेसमा सञ्चालन भइरहेको स्टण्टबाजी अनुगमनका क्रममा होटल तथा पर्यटन व्यवसायीमाथि गरिएको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, महोत्तरी चेम्बर अफ कमर्स र बर्दिबास उद्योग वाणिज्य सङ्घले संयुक्त धारणा सार्वजनिक गर्दै अनुगमनको नाममा व्यवसायीलाई अपराधीसरह व्यवहार गर्ने, सार्वजनिक रूपमा बदनाम गर्ने तथा अनावश्यक धरपकड गर्ने शैलीले समग्र व्यावसायिक वातावरण नै प्रभावित भएको बताएका छन्।

बिहीबार मन्त्री महतोको टोलीले बर्दिबासका होटलहरुमा अनुगमन गरेको थियो। त्यसक्रममा मन्त्री महतो र नाव्या होटल सञ्चालक सुधिर अग्रवालबीच घमसाघम्सी भएको थियो। मन्त्रीले त्यसक्रममा व्यवसायी अग्रवाललाई आफू गृहमन्त्री रहेको र गृहमन्त्रीको गुण्डाशैली आज देखाएरै छड्के बताएका थिए। अग्रवाललाई धरपकड समेत गरिएको थियो। अनुगमनको क्रममा होटलको स्टोरबाट अखाद्य वस्तु भेटिएको थियो।

शुक्रबार तीन संस्थाहरूले बर्दिबासमा पत्रकार सम्मेलन गर्दै मन्त्रीको गैरजिम्मेदारीपनि प्रति आपत्ति जनाउँदै आफूहरू कानुनको पूर्ण पालना, व्यावसायिक अनुशासन तथा सेवा-सुविधाको गुणस्तर अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गरे। व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन राज्यका निकायसँग सहकार्य गर्न सधैं तयार रहेको बताएका छन्। तर, उद्योग-व्यवसायको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने निकायबाट व्यवसायीलाई नै अपराधीसरह व्यवहार गरिनु दुःखद भएको उनीहरूको भनाइ छ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले मधेश प्रदेशको पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा रहेका होटल उद्योगहरूको नियमित, निष्पक्ष र पारदर्शी अनुगमन हुनुपर्नेमा आफूहरूको पूर्ण समर्थन रहेको बताए। उनले अनुगमनका क्रममा देखिएका कमजोरीलाई कानुनी प्रक्रिया अनुसार सुधार गर्ने अवसर दिनुपर्नेमा जोड दिँदै सामान्य त्रुटिलाई अनावश्यक रूपमा प्रचारप्रसार गरी व्यवसायीलाई बदनाम गर्ने, त्रास सिर्जना गर्ने तथा पर्यटन क्षेत्रको साखमा आँच पुर्‍याउने गतिविधि निन्दनीय रहेको बताए।

गृहमन्त्री महतोले व्यवसायीहरू आफूलाई अनुगमन गर्न बाध्य बनाएको बताए। उनले आफूले जनताको हितमा काम गरेको बताए। उनले भने, 'म कसैको धम्कीले डराउँदिन। राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको छु।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले भरुवा बन्दुकसहित साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका २८ वर्षीय उर्गेन राई र २४ वर्षका दिपेन राईलाई पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाइछिपाइ राखेको सूचनाको आधारमा शुक्रबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्स्पेक्टर निराजन बस्नेतले जानकारी दिए । उनीहरूको साथमा ...
। नेपाल विद्युत् प्राधिकरणले असारमा खपत गरिएको बिजुलीको बिलको साउनमा भ्याट लिएको विषयमा आन्तरिक राजस्व विभागसँग राय माग गरेको छ । ‘बिजुलीमा भ्याट : साउनदेखि उठाउनुपर्ने, सरकारले असारबाटै असुल्यो’ शीर्षकमा अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो । उक्त समाचारपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् प्राधिकरणलाई उपभोक्तालाई अन्याय नहुनेगरी समाधान गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउनु पर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३ औं स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएको वर्तमान अवस्थामा पुष्पलाल र नरबहादुर जस्ता नेताहरूको योजदानको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपा सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले असहमतिको उत्तर हिंसा र अपमानबाट हुन नसक्ने बताएका छन् । ‘प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ,’ उनले लेखेका छन्, ‘असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन ...
। सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले ५ नेपाली र १ भारतीयलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका व्यक्तिमध्ये सप्तरीका दुई जनाविरुद्ध गम्भीर आपराधिक मुद्दा रहेको खुलेको छ । पक्राउ परेकामध्ये एकजना कारागारबाट फरार कैदी रहेका छन् भने अर्काविरुद्ध ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ। पक्राउ ...