मुख्य समाचार
स्पेनको राजधानी म्याड्रिड नजिकै भीषण डढेलो फैलिएपछि स्पेन सरकारले राष्ट्रिय सङ्कटकाल घोषणा
स्पेनको राजधानी म्याड्रिड नजिकै भीषण डढेलो फैलिएपछि स्पेन सरकारले राष्ट्रिय सङ्कटकाल घोषणा

: स्पेनको राजधानी म्याड्रिड नजिकै भीषण डढेलो फैलिएपछि स्पेन सरकारले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ। पश्चिमी म्याड्रिडका तीनवटा फरक-फरक डढेलो आपसमा गाभिएर एउटा विशाल रूप लिएपछि अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिन नसकिएको बताएका छन्।

अत्यधिक तापक्रम, तीव्र हावाहुरी र डढेलोका ज्वालाहरू आपसमा मिसिएका कारण स्थिति जटिल बनेको छ। म्याड्रिड क्षेत्रीय प्रमुख इसाबेल डियाज आयुसोले यसलाई 'क्षेत्रकै इतिहासकै सबैभन्दा भयानक डढेलो'को संज्ञा दिएकी छन्।

उता फ्रान्सको दक्षिण-पश्चिमी क्षेत्र जिरोन्ड र ल्यान्ड्समा पनि डढेलोले भीषण रूप लिएपछि १ लाख १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। डढेलोको दिशा परिवर्तन भई बोर्डो शहरतर्फ बढेपछि थप बस्तीहरू खाली गराउने तयारी गरिएको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उद्धार तथा राहतका लागि सेना परिचालन गरेका छन्।

स्पेनको आपतकालीन सेवाका अनुसार डढेलो राजधानी म्याड्रिडबाट करिब ५० किलोमिटर टाढा रहेका रोब्लेडो डि चावेला र फ्रेस्नेडिलास डि ला ओलिभा नगरपालिकाहारातर्फ तीव्र गतिमा बढिरहेको छ।

म्याड्रिड क्षेत्रीय सरकारका आपतकालीन व्यवस्थापन प्रमुख कार्लोस नोभिलोले भने, 'डढेलो अहिले आफ्नो चरम रूपमा छ र यो अग्निनियन्त्रकहरूको क्षमताभन्दा बाहिर गइसकेको छ। आगोको मुख्य केन्द्रमा गएर निभाउन असम्भव भएपछि बचाउका उपायहरू मात्र अपनाइएको छ।'

आगोको ज्वाला नियन्त्रण गर्न स्पेनको 'मिलिटरी इमर्जेन्सी युनिट' खटाइएको छ। सुरक्षाकर्मीको मुख्य ध्यान एल एस्कोरियाल शहर नजिकैको क्षेत्र जोगाउनेतर्फ केन्द्रित छ। यस्तै, छिमेकी प्रान्त आभिलामा फैलिएको बुर्गोहोंडो डढेलो म्याड्रिडको डढेलोसँग मिसिने खतरा बढेकाले अधिकारीहरू चिन्तित बनेका छन्।

म्याड्रिड क्षेत्रमा ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्, जसमध्ये ३० हजारलाई घर छाड्न लगाइएको छ भने २० हजार मानिसलाई घरभित्र 'लकडाउन' मा रहने आदेश दिइएको छ।

आगोको त्रासका कारण गाउँ छाड्न बाध्य ८६ वर्षीय एक स्थानीयवासीले भने, 'यदि तपाईं यसको सामना गर्न खोज्नुहुन्छ भने यसले तपाईंलाई निल्छ। म र मेरो परिवारले पाइपबाट पानी छर्केर घर जोगाउने प्रयास गर्यौँ, तर अग्निनियन्त्रकहरू आएर सबैलाई तुरुन्त भाग्न भने। मैले जीवनमा कहिल्यै यस्तो देखेको थिइनँ।'

प्रारम्भिक अनुमान अनुसार म्याड्रिडमा ६ हजार हेक्टर र आभिलामा ९ हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेर नष्ट भइसकेको छ। प्रहरीले आभिला डढेलो लापरवाहीका कारण सुरु भएको आशङ्कामा एक जनालाई गिरफ्तार गरी अनुसन्धान अघि बढाएको छ।

दक्षिण-पश्चिमी फ्रान्समा फैलिएको डढेलोलाई स्थानीय अधिकारीहरूले डढेलोू (अत्यन्त विशाल डढेलो) को संज्ञा दिएका छन्। जिरोन्ड क्षेत्रमा मात्रै १९ हजार हेक्टरभन्दा बढी वन सखाप भएको छ भने कम्तीमा ८० वटा घरहरू जलेर खरानी भएका छन्। पर्यटकीय क्षेत्र क्याप फेरेट प्रायद्वीप पूर्ण रूपमा खाली गराइएको छ। स्थलमागहरू बन्द भएपछि हजारौँ पर्यटक र स्थानीयहरूलाई डुङ्गामार्फत उद्धार गरिएको छ।

अग्निनियन्त्रक प्रमुख मार्क भर्मेलेनका अनुसार सन् २०२२ को विनाशकारी डढेलोभन्दा पनि यसपटकको परिस्थिति निकै गम्भीर छ। खडेरी र सुक्खा मौसमका कारण रातिको समयमा पनि आगो झनै फैलिरहेको छ। आगो निभाउने क्रममा ५० भन्दा बढी अग्निनियन्त्रकहरू घाइते भएका छन्।

युरोपेली सङ्घले स्पेन र फ्रान्समा आगो नियन्त्रणका लागि विशेष विमान र हेलिकप्टरहरू परिचालन गरेको छ। जलवायु परिवर्तनका कारण युरोप विश्वका अन्य महादेशभन्दा दोब्बर तीव्र गतिमा तातिरहेको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले जनाएको छ। लगातारको लू र खडेरीका कारण वनजंगल सुक्खा भई डढेलो तीव्र रूपमा फैलिन सघाउ पुगेको विज्ञहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...