मुख्य समाचार
नाबालिकाको बीभत्स हत्या: घरबाट हराएकी बालिकाको बारीमा शव भेटियो
नाबालिकाको बीभत्स हत्या: घरबाट हराएकी बालिकाको बारीमा शव भेटियो

: मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया नाबालिका कायानत खातुनको हत्या भएको अवस्थामा बीभत्स शव फेला परेको छ। उनी स्थानीय जफारुल मियाँकी छोरी हुन्।

नाबालिका घरबाट हराएको केही समयपछि नजिकै रहेको घन्सीबारीमा बीभत्स अवस्थामा शव भेटिएको हो। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार शुक्रबार अपराह्न करिब ४ बजेदेखि बालिका हराएकी थिइन्। परिवार र स्थानीयले खोजी गर्ने क्रममा घरबाट करिब २०० मिटर पूर्वतर्फ रहेको घारीमा शुक्रबार साँझ करिब ७:३० बजेतिर उनको शव फेला परेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ एसपी कटवाल स्वयं घटनास्थल पुगेर अनुसन्धानमा खटिएका थिए।

प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको छ। शव फेला पर्दा शरीरको माथिल्लो भागमा कपडा थिएन भने तल्लो भागमा भने कपडा लगाएकै अवस्थामा थियो। प्रहरीका अनुसार बालिका घरबाट हराउँदा पनि माथिल्लो भागमा कपडा नलगाएको जानकारी आएको छ।

घटनास्थलको अवस्था र प्रारम्भिक अनुसन्धानका आधारमा तत्काल बलात्कार भएको संकेत नदेखिएको एसपी कटवालले बताए। उनका अनुसार घटनाको प्रकृति हेर्दा अभिभावकसँगको कुनै पुरानो रिसइबीका कारण बालिकाको हत्या गरेर शव घारीमा फालिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, यसको पुष्टि हुन बाँकी रहेको उनले बताए।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई शुक्रबार राति ११:२० बजे पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। एसपी कटवालका अनुसार हत्याको कारण, घटनामा संलग्न व्यक्ति र घटनाको वास्तविक परिस्थिति अझै खुल्न सकेको छैन। पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्र घटनाको कारण र दोषीका बारेमा यकिन गर्न सकिने उनले बताए।

घटनाको विस्तृत अनुसन्धान तथा संलग्न व्यक्तिको खोजीका लागि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा प्रहरी टोली परिचालित छ। टोलीले घटनास्थलको सूक्ष्म अध्ययन, स्थानीयसँग सोधपुछ तथा अन्य प्रमाण संकलन गर्दै अनुसन्धानलाई अघि बढाइरहेको एसपी कटवालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले भरुवा बन्दुकसहित साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका २८ वर्षीय उर्गेन राई र २४ वर्षका दिपेन राईलाई पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाइछिपाइ राखेको सूचनाको आधारमा शुक्रबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्स्पेक्टर निराजन बस्नेतले जानकारी दिए । उनीहरूको साथमा ...
। नेपाल विद्युत् प्राधिकरणले असारमा खपत गरिएको बिजुलीको बिलको साउनमा भ्याट लिएको विषयमा आन्तरिक राजस्व विभागसँग राय माग गरेको छ । ‘बिजुलीमा भ्याट : साउनदेखि उठाउनुपर्ने, सरकारले असारबाटै असुल्यो’ शीर्षकमा अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो । उक्त समाचारपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् प्राधिकरणलाई उपभोक्तालाई अन्याय नहुनेगरी समाधान गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउनु पर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३ औं स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएको वर्तमान अवस्थामा पुष्पलाल र नरबहादुर जस्ता नेताहरूको योजदानको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपा सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले असहमतिको उत्तर हिंसा र अपमानबाट हुन नसक्ने बताएका छन् । ‘प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ,’ उनले लेखेका छन्, ‘असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन ...
। सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले ५ नेपाली र १ भारतीयलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका व्यक्तिमध्ये सप्तरीका दुई जनाविरुद्ध गम्भीर आपराधिक मुद्दा रहेको खुलेको छ । पक्राउ परेकामध्ये एकजना कारागारबाट फरार कैदी रहेका छन् भने अर्काविरुद्ध ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ। पक्राउ ...