मुख्य समाचार
सिरहामा गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति जेनजी आन्दोलनमा फरार कैदी
सिरहामा गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति जेनजी आन्दोलनमा फरार कैदी

। सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले ५ नेपाली र १ भारतीयलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका व्यक्तिमध्ये सप्तरीका दुई जनाविरुद्ध गम्भीर आपराधिक मुद्दा रहेको खुलेको छ । पक्राउ परेकामध्ये एकजना कारागारबाट फरार कैदी रहेका छन् भने अर्काविरुद्ध ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये सप्तरीको रुपनी गाउँपालिका-१ निवासी ४२ वर्षीय महम्द नाजिर मियाँ ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई २०८० साउन ३२ गते सप्तरी जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका व्यक्ति रहेको खुलेको छ । उनी झुम्का कारागारमा कैद सजाय भोगिरहेका बेला २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।

त्यसैगरी बोदे बर्साइन नगरपालिका-२ नेङ्गडा टोल निवासी शम्भु प्रसाद यादवविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता रहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए। उनीविरुद्ध २०७७ साउन १३ गते र २०८२ फागुन ५ गते उक्त कसुरमा मुद्दा दर्ता भए पनि हालसम्म फरार रहेका थिए।


प्रहरीले उनीहरूसँगै बोदे बर्साइन-२ का २४ वर्षीय बैजनाथ प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय जमाहिर आलम, ३२ वर्षीय मो. इमामुद्दिन तथा भारत, बिहारका २२ वर्षीय विद्यानन्द यादवलाई पनि पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २४३ ग्राम ब्राउन सुगर बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १६ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । कँडेल नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हुन् । एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक ...
। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा सडकबाट भोटेकोशी नदीमा खसेर एक ईभी गाडी चालकसहित बेपत्ता भएको छ । शनिबार साँझ ५:४० बजेतिर स्याफ्रबेँसीबाट धुन्चेतर्फ आउन लागेको अनटेस्ट ईभी गाडी एकाएक सडकबाट खसेको हो । उक्त गाडी खसेको भिडिओ चिलिमे जलविद्युत् केन्द्रको सीसीटीभीबाट कैद भएको थियो । सो भिडिओ अहिले सामाजिक सञ्जालमा छाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका ...
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी नरहेको बताएका छन् । उपसभापति शर्माले अनलाइनखबरसँग कांग्रेसले रोजेको राजनीतिक कोर्सबारे भने बोलेका छन् । उनका अनुसार विगतका गलत प्रवृत्ति सच्याउन कांग्रेस प्रतिपक्षमा बस्न तयार भएको हो । ‘सत्ता, सत्ता र सत्ता । जसरी पनि सत्ता । जे-जस्तै सम्झौता ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले नेपाली कांग्रेस तयार नहुँदा प्रदेशहरूमा वाम सहकार्यको निर्णय लिनु परेको बताएका छन् । प्रदेशको सत्ता सहकार्यबारे एमालेसँग तीन बुँदे सहमतिपत्रमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्दा साक्षी बसेका नेता पुनले यो सहकार्यलाई सकारात्मक रूपमा लिन आग्रह गरे । ‘प्रदेशहरूमा बजेट बनाउनै नसक्ने स्थिति देखियो । एउटा राजनीतिक ...
। खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले भरुवा बन्दुकसहित साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका २८ वर्षीय उर्गेन राई र २४ वर्षका दिपेन राईलाई पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाइछिपाइ राखेको सूचनाको आधारमा शुक्रबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्स्पेक्टर निराजन बस्नेतले जानकारी दिए । उनीहरूको साथमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम