मुख्य समाचार
वर्षमान पुनले नेपाली कांग्रेस तयार नहुँदा प्रदेशहरूमा वाम सहकार्यको निर्णय लिनु परेको बताए
वर्षमान पुनले नेपाली कांग्रेस तयार नहुँदा प्रदेशहरूमा वाम सहकार्यको निर्णय लिनु परेको बताए

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले नेपाली कांग्रेस तयार नहुँदा प्रदेशहरूमा वाम सहकार्यको निर्णय लिनु परेको बताएका छन् ।

प्रदेशको सत्ता सहकार्यबारे एमालेसँग तीन बुँदे सहमतिपत्रमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्दा साक्षी बसेका नेता पुनले यो सहकार्यलाई सकारात्मक रूपमा लिन आग्रह गरे ।

‘प्रदेशहरूमा बजेट बनाउनै नसक्ने स्थिति देखियो । एउटा राजनीतिक संकट आयो । यो संकटको समाधान तीनवटै दल मिलेर गरौं भन्ने हाम्रो प्रस्ताव थियो,’ पुनले अनलाइनखबरसँग भने, ‘तर, कांग्रेस तयार भएन । यसपछि हामीले डेडलक फुकाउने काम गरेका छौं ।’

एमालेसँग सत्ता सहकार्यको निर्णय गर्दा विगतभन्दा पनि आगतलाई हेरेर गरिएको उनले बताए । ‘आगत हेरेर यो निर्णय लिएका छौं । थप कुरामा विस्तारै छलफल होला । हजार माइलाको यात्रा एक पाइलाबाटै सुरु हुन्छ’, उनले भने ।


तर, तत्काललाई भने प्रदेश सरकार प्रभावकारी र सफल बनाउनमा केन्द्रित हुने उनले बताए । उनले भने, ‘हाम्रो फोकस जनताको विकास र सुशासनमा केन्द्रीत हुन्छ । बजेटहरू रिभ्यू हुन्छ । संघीयतालाई बलियो बनाउने र जनतामा विश्वास जगाउने काम गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आइफोनको चक्करमा लागेर बागलुङको बडिगाडमा आफ्नै साथीहरुको प्रहारबाट १७ वर्षीय किशोरको हत्या भएको छ । बडिगाड गाउँपालिका-१ का बोमबहादुर र देउमायाका छोरा लजिन थापाको आफ्नै साथीहरुले मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको रहस्य खुलेको हो । हत्यापछि शव लुकाएका उनका साथीहरुले गलत स्थान बनाइदिँदा प्रहरीले घटनाको ९ दिनपछि मात्र मृतकको शव फेला पारेको ...
— कपिलवस्तु नगरपालिका–५ बभनीस्थित आली खन्दा प्राचीन तामाका मुद्रा (सिक्का)सहितको करुवा फेला परेको छ । करुवाभित्र २ हजार ३ सय १४ थान तामाका सिक्का भेटिएका छन् । सबै मुद्राको तौल ७ किलो ३४ ग्राम रहेको छ । स्थानीय रामराज यादवको खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रासहितको करुवा फेला परेको हो । डेढ साताअघि करुवासहित तामाका ...
: १७ असार २०८१ मा तत्कालीन माओवादी केन्द्रसँगको सत्ता सहकार्य तोड्दै कांग्रेस–एमालेले गठबन्धन घोषणा गरेका थिए। ७ बुँदे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले स्थायी सरकार बनाउने बताएका थिए। सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली संघीय सरकारको प्रधानमन्त्री भए भने सातै प्रदेशमा भागबन्डा गरियो। संघीय सरकारको नेतृत्व देउवालाई हस्तान्तरण नगर्दै ...
: नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार भारत र अमेरिकी सरकारले बनाएको आरोप लगाएका छन्। निओ फ्युजन स्कुल अफ कम्प्युटरको २१ औँ वार्षिक उत्सवको शनिबार भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको सरकार भारत र अमेरिकी सरकारको प्रभावमा बनेको दाबी गरे। उनले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण र संसदीय अभ्यासबारे पर्याप्त ...
: नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ । शनिबार भएको सहमति अनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम