मुख्य समाचार
विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी नरहेको बताए
विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी नरहेको बताए

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी नरहेको बताएका छन् ।

उपसभापति शर्माले अनलाइनखबरसँग कांग्रेसले रोजेको राजनीतिक कोर्सबारे भने बोलेका छन् । उनका अनुसार विगतका गलत प्रवृत्ति सच्याउन कांग्रेस प्रतिपक्षमा बस्न तयार भएको हो । ‘सत्ता, सत्ता र सत्ता । जसरी पनि सत्ता । जे-जस्तै सम्झौता गरेर पनि सत्ता,’ शर्मा भन्छन्, ‘हाम्रो राजनीतिमा केही समय यता नराम्रोसँग विकसित गलत प्रवृत्तिका विरुद्ध नेपाली का‌ंग्रेस फरक सन्देशका साथ उभिन पुगेको छ ।’

प्रदेशहरुमा प्रतिपक्षविहीन स्थिति ल्याउनेगरी राखिएको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको उनले बताए । ‘सतप्रतिशत गल्ती गर्न हामी एक प्रतिशत पनि सहमत भएनौं,’ उनले भने ।

पार्टीको थप धारणा सार्वजनिक गर्न भोलि बिहान साढे ९ बजे प्रदेश सभापतिहरु र मुख्यमन्त्रीहरु सहितको बैठक बस्ने शर्माले बताए ।


तर संविधान संशोधन लगायतका प्रश्नमा एमाले र नेकपासँग आवश्यक सहकार्य गर्न कांग्रेस तयार रहेको पनि शर्माले बताए । ‘कांग्रेस, एमाले र माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणका सहयात्री दल हुन्,’ उनले भने, ‘संविधान संसोधन लगायतका प्रश्नमा हामी ३ दल र अन्य दलहरूबीच पनि सहकार्य जरुरी छ र त्यो स्वभाविक हुन्छ ।’

प्रदेश सरकारबारे उपसभापति विश्वप्रकाश शर्माले अनलाइनखबरलाई दिएको टिप्पणी-

-एमाले र नेपाली कम्युनिस्ट पार्टी बीचको सहमतिप्रति हाम्रो कुनै नकारात्मक टिप्पणी छैन ।

-कांग्रेस, एमाले र माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणका सहयात्री दल हुन् । संविधान संसोधन लगायतका प्रश्नमा हामी ३ दल र अन्य दलहरूबीच पनि सहकार्य जरुरी छ र त्यो स्वभाविक हुन्छ l तर प्रदेश सभालाई प्रतिपक्ष विहीन जस्तै बनाएर ७ वटै प्रदेशमा तीन वटै दल मिलेर सरकारमा बस्नु सतप्रतिशत गलत हुन्थ्यो ।

-शतप्रतिशत गल्ती गर्न हामी एक प्रतिशत पनि सहमत भएनौं l हिजो शुक्रबार अपरान्ह सभापति गगन थापा, उपसभापति, महामन्त्री, कांग्रेसका चार मुख्यमन्त्री र प्रदेश सभापतिहरुसहित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक यो बिषयमा दृढ ढंगले स्पष्ट र एक मतमा रह्यो ।

-सत्ता, सत्ता र सत्ता l जसरी पनि सत्ता l जे-जस्तै सम्झौता गरेर पनि सत्ता l हाम्रो राजनीतिमा केही समय यता नराम्रोसँग विकसित गलत प्रवृत्तिका विरुद्ध नेपाली कांग्रेस फरक सन्देशका साथ उभिन पुगेको छ ।

-आइतबार बिहान ९.३० मा पार्टी केन्द्रीय कार्यालयमा प्रदेश सभापतिहरु र मुख्यमन्त्रीहरु सहित बस्ने बैठकबाट हामी हाम्रो धारण प्रस्ट पार्छौ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आइफोनको चक्करमा लागेर बागलुङको बडिगाडमा आफ्नै साथीहरुको प्रहारबाट १७ वर्षीय किशोरको हत्या भएको छ । बडिगाड गाउँपालिका-१ का बोमबहादुर र देउमायाका छोरा लजिन थापाको आफ्नै साथीहरुले मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको रहस्य खुलेको हो । हत्यापछि शव लुकाएका उनका साथीहरुले गलत स्थान बनाइदिँदा प्रहरीले घटनाको ९ दिनपछि मात्र मृतकको शव फेला पारेको ...
— कपिलवस्तु नगरपालिका–५ बभनीस्थित आली खन्दा प्राचीन तामाका मुद्रा (सिक्का)सहितको करुवा फेला परेको छ । करुवाभित्र २ हजार ३ सय १४ थान तामाका सिक्का भेटिएका छन् । सबै मुद्राको तौल ७ किलो ३४ ग्राम रहेको छ । स्थानीय रामराज यादवको खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रासहितको करुवा फेला परेको हो । डेढ साताअघि करुवासहित तामाका ...
: १७ असार २०८१ मा तत्कालीन माओवादी केन्द्रसँगको सत्ता सहकार्य तोड्दै कांग्रेस–एमालेले गठबन्धन घोषणा गरेका थिए। ७ बुँदे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले स्थायी सरकार बनाउने बताएका थिए। सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली संघीय सरकारको प्रधानमन्त्री भए भने सातै प्रदेशमा भागबन्डा गरियो। संघीय सरकारको नेतृत्व देउवालाई हस्तान्तरण नगर्दै ...
: नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार भारत र अमेरिकी सरकारले बनाएको आरोप लगाएका छन्। निओ फ्युजन स्कुल अफ कम्प्युटरको २१ औँ वार्षिक उत्सवको शनिबार भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको सरकार भारत र अमेरिकी सरकारको प्रभावमा बनेको दाबी गरे। उनले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण र संसदीय अभ्यासबारे पर्याप्त ...
: नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ । शनिबार भएको सहमति अनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम