मुख्य समाचार
कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्
कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्

: कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १६ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

कँडेल नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हुन् । एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सत्ता सहकार्यका लागि सहमति खोज्न वार्ता जारी रहेका बेला मुख्यमन्त्री कँडेलले राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री कँडेलले प्रदेशमा छलफलको लागि वातावरण बनाउन मार्गप्रशस्त गर्न आफूले राजीनामा दिएको बताएका छन् ।

उनले अहिलेको अवस्थामा राष्ट्रिय शक्तिहरु एकजुट हुन प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गरिएको गुनासो गरे । आफूप्रति अविश्वासको प्रस्ताव राखेपछि राजीनामा दिनु उचित भएको उनको भनाइ थियो । कँडेलले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्ने बुँदा कार्यसूचीबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आइफोनको चक्करमा लागेर बागलुङको बडिगाडमा आफ्नै साथीहरुको प्रहारबाट १७ वर्षीय किशोरको हत्या भएको छ । बडिगाड गाउँपालिका-१ का बोमबहादुर र देउमायाका छोरा लजिन थापाको आफ्नै साथीहरुले मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको रहस्य खुलेको हो । हत्यापछि शव लुकाएका उनका साथीहरुले गलत स्थान बनाइदिँदा प्रहरीले घटनाको ९ दिनपछि मात्र मृतकको शव फेला पारेको ...
— कपिलवस्तु नगरपालिका–५ बभनीस्थित आली खन्दा प्राचीन तामाका मुद्रा (सिक्का)सहितको करुवा फेला परेको छ । करुवाभित्र २ हजार ३ सय १४ थान तामाका सिक्का भेटिएका छन् । सबै मुद्राको तौल ७ किलो ३४ ग्राम रहेको छ । स्थानीय रामराज यादवको खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रासहितको करुवा फेला परेको हो । डेढ साताअघि करुवासहित तामाका ...
: १७ असार २०८१ मा तत्कालीन माओवादी केन्द्रसँगको सत्ता सहकार्य तोड्दै कांग्रेस–एमालेले गठबन्धन घोषणा गरेका थिए। ७ बुँदे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले स्थायी सरकार बनाउने बताएका थिए। सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली संघीय सरकारको प्रधानमन्त्री भए भने सातै प्रदेशमा भागबन्डा गरियो। संघीय सरकारको नेतृत्व देउवालाई हस्तान्तरण नगर्दै ...
: नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार भारत र अमेरिकी सरकारले बनाएको आरोप लगाएका छन्। निओ फ्युजन स्कुल अफ कम्प्युटरको २१ औँ वार्षिक उत्सवको शनिबार भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको सरकार भारत र अमेरिकी सरकारको प्रभावमा बनेको दाबी गरे। उनले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण र संसदीय अभ्यासबारे पर्याप्त ...
: नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ । शनिबार भएको सहमति अनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम