मुख्य समाचार
कपिलवस्तु नगरपालिका–५ बभनीस्थित आली खन्दा प्राचीन तामाका मुद्रा (सिक्का)सहितको करुवा फेला
कपिलवस्तु नगरपालिका–५ बभनीस्थित आली खन्दा प्राचीन तामाका मुद्रा (सिक्का)सहितको करुवा फेला

— कपिलवस्तु नगरपालिका–५ बभनीस्थित आली खन्दा प्राचीन तामाका मुद्रा (सिक्का)सहितको करुवा फेला परेको छ । करुवाभित्र २ हजार ३ सय १४ थान तामाका सिक्का भेटिएका छन् । सबै मुद्राको तौल ७ किलो ३४ ग्राम रहेको छ ।

स्थानीय रामराज यादवको खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रासहितको करुवा फेला परेको हो । डेढ साताअघि करुवासहित तामाका मुद्रा पाएपछि यादवले छिमेकी रोहित कोरीलाई दिएका थिए । उनले एक सातासम्म करुवासहितको मुद्रा राखेपछि गाउँमा हल्ला फैलियो ।

पुरातात्विक बस्तु घरमा राख्न हुँदैन्, सरकारलाई नदिए कारवाही हुन्छ भन्ने हल्ला फैलिएपछि कोरीले गाउँकै पोखरी डिलमा लगेर राखेका थिए । पोखरी किनारमा करुवा रहेको सूचना पाएपछि उक्त वडाका अध्यक्ष दिरेपकुमार चौधरीले प्रहरीलाई खबर गरेका थिए ।


साउन ४ मा प्रहरी पुगेर मुद्रासहितको करुवा जिल्ला प्रहरी कार्यालय लगिएको थियो । करुवाभित्र सिक्का टाँसिएर रहेकाले निकाल्न निकै समस्या भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दीपक कुँवरले सुनाए । कपिलवस्तु संग्रहालयका कर्मचारीलाई बोलाएर करुवाभित्रका सिक्का निकालिएको उनले बताए । वर्षौंसम्म माटोभित्र रहेकाले खिया लागेको र रंग फेरिँदा सिक्काको स्वरुप नै परिवर्तन भएको देखिने कुँवरले बताए ।
साउन ५ मा प्रहरीले उक्त सिक्कासहितको करुवा कपिलवस्तु संग्रहालयलाई हस्तान्तरण गरेको छ । संग्रहालयमा लगेर नापजाँच गर्दा सिक्काको ब्यास १.४ देखि १.८ सेन्टिमिटरसम्म छ । त्यस्तै एउटा मुद्राको तौल ३.१३ देखि ३.२६ ग्रामसम्म छ । त्यस्तै करुवाको ब्यास २३ सेन्टिमिटर र उचाई ५२ सेन्टिमिरटर रहेको छ।

अरबी र फारसी लिपिमा लेखिए अनुसार भारतको दिल्लीमा शासन गरेका अलाउद्दिन राजाका पालाको मुद्रा भएको प्रारम्भिक अनुमान गरिएको कपिलवस्तु संग्रहालय प्रमुख शान्ति शेर्माले बताइन् । ती राजाको कार्यकालसन् १२९७ देखि १३१६ सम्म रहेको ईतिहासमा उल्लेख छ । त्यसले यी सिक्का १२/१३ औं शताब्दी पुरानोसम्म भन्न मिल्ने उनले बताइन् । ‘यसबारे पुरातत्व विभागलाई पनि जानकारी गराएर थप अध्ययन अनुसन्धान भइरहेको छ,’ उनले भनिन् । पुरातात्विक करुवा र सिक्का संग्रहालयमा सुरक्षित राखिएको र पुरातत्व विभागसँग परामर्श गरेर संरक्षण गरिने उनले बताइन् । विभागसितको परामर्शमा संग्रहालयमा प्रर्दशनकालागि पनि राख्न सकिने उनले सुनाइन् ।

शाक्यवंशीय राजधानी रहेको प्राचीन कपिलवस्तु तिलौराकोट बुद्धकालीन समय आसपास ठूलो ब्यापारिक मार्गमा पर्ने हुँदा यी सिक्का मुगल शासनकालमा चलनचल्तीमा रहेको हुन सक्ने वरिष्ठ पुरातत्वविद् वसन्त बिडारी बताउँछन् । त्यतिबेला कपिलवस्तु उत्तरापथ ब्यापारिक मार्गको केन्द्रमा पर्ने हुँदा ब्यापारको क्रममा यहाँआएका ब्यापारीबाट छुटेको हुन सक्ने बताए ।

रुपन्देहीको देवदह, लुम्बिनी, प्राचीन कपिलवस्तु (तिलौराकोट), भारतमा रहेको बुद्धस्थल राजगिरदेखि बैशाली, कुशीनगर, श्रावस्ती, हरियाना र पञ्जाब हुँदै पाकिस्तानमा रहेको तक्षशिलासम्म ब्यापारिक मार्ग थियो । ‘यो मार्ग हुँदै ब्यापारीहरु गोरुगाडामा ब्यापार गर्दै हिँड्थे,’ उनले भने, ‘अहिले फेला परेका सिक्का त्यसैबेला ब्यापारीले ल्याएको हुनसक्छ ।’

आली खन्दा फेला परेको ठाउँदेखि करिब ७ सय मिटर उत्तरमा महत्वपूर्ण पुरातात्विक स्थल बभनीकोट रहेको छ । साढे ४ सय बिघामा रहेको कोटमा तीन वटा ढिस्को छन् । उक्त ठाउँमा पुराना इँट्टाका टुक्रा बाहिर छरिएको देख्न पाइन्छ । उक्त स्थल अतिक्रमण गरेर स्थानीयले खेतीपाती गरिरहेका छन् । बभनीकोट महत्वपूर्ण ऐतिहासिक र पुरातात्विक स्थल भए पनि अध्ययन, अनुसन्धान नहुँदा वास्तविक जानकारी बाहिर आउन सकेको छैन् । 'पुरातात्विक स्थल हो भन्ने कुरा पुरातत्व विभागले समेत उल्लेख गरेर बोर्ड लगाएको छ,' वडाध्यक्ष चौधरीले भने, 'तर, संरक्षणको पहल नहुँदा दिनानुदिन नासिँदै अतिक्रमणको चपेटामा परेको छ ।'

कपिलवस्तुमा बाणगंगा नदीवारि पहिचान भएकामात्र १ सय ३६ वटा ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक स्थल भएको लुम्बिनी विकास कोषका प्रमुख पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए । ‘खोजबिन नभएका अझै धेरै ठाउँ छन् । त्यसैमध्येको अहिले मुद्रा फेला परेको स्थानमा पनि हुनसक्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आइफोनको चक्करमा लागेर बागलुङको बडिगाडमा आफ्नै साथीहरुको प्रहारबाट १७ वर्षीय किशोरको हत्या भएको छ । बडिगाड गाउँपालिका-१ का बोमबहादुर र देउमायाका छोरा लजिन थापाको आफ्नै साथीहरुले मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको रहस्य खुलेको हो । हत्यापछि शव लुकाएका उनका साथीहरुले गलत स्थान बनाइदिँदा प्रहरीले घटनाको ९ दिनपछि मात्र मृतकको शव फेला पारेको ...
: १७ असार २०८१ मा तत्कालीन माओवादी केन्द्रसँगको सत्ता सहकार्य तोड्दै कांग्रेस–एमालेले गठबन्धन घोषणा गरेका थिए। ७ बुँदे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले स्थायी सरकार बनाउने बताएका थिए। सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली संघीय सरकारको प्रधानमन्त्री भए भने सातै प्रदेशमा भागबन्डा गरियो। संघीय सरकारको नेतृत्व देउवालाई हस्तान्तरण नगर्दै ...
: नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार भारत र अमेरिकी सरकारले बनाएको आरोप लगाएका छन्। निओ फ्युजन स्कुल अफ कम्प्युटरको २१ औँ वार्षिक उत्सवको शनिबार भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको सरकार भारत र अमेरिकी सरकारको प्रभावमा बनेको दाबी गरे। उनले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण र संसदीय अभ्यासबारे पर्याप्त ...
: नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ । शनिबार भएको सहमति अनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले ...
। सार्वजनिक जग्गा अतिक्रमण गरी गोरखा नगरपालिका–११ मा विस्तार भएको बाह्रकिलो बजार हटेसँगै नयाँ ठाउँमा बजार बसाउन स्थानीयबीच हानथाप चलेको छ । विशेषगरी बाह्रकिलो र तेह्रकिलोका स्थानीयवासी बजार बसाउन अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका छन् । आ–आफ्नो क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न उनीहरू तल्लिन देखिन्छन् । बजार व्यवस्थापनमा राजनीतिक बाछिटासमेत पर्न थालेको छ । बाह्रकिलोका स्थानीयले सडकको दायाँबायाँ १५ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम