मुख्य समाचार
प्रदीप पौडेलले डा. गोविन्द केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदृढीकरणको पक्षमा रहेको बताए
प्रदीप पौडेलले डा. गोविन्द केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदृढीकरणको पक्षमा रहेको बताए

। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डा. गोविन्द केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदृढीकरणको पक्षमा रहेको बताएका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका पौडेलले आइतबार फेसबुकमार्फत यस्तो बताएका हुन् ।

‘हाल डा. गोविन्द के.सी.ले अस्पताल शीघ्र सञ्चालनको माग राखी सुरु गर्नुभएको सत्याग्रह अन्तत: दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै सुदृढीकरणका पक्षमा छ,’ महामन्त्री पौडेलले भनेका छन्, ‘तर, पुन: विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध पुर्‍याउने खेल भइरहेको देखिन्छ ।’






उनले विश्वविद्यालय सञ्चालनका लागि सर्वप्रथम गेटा अस्पताललाई कम्तीमा ३०० बेडको क्षमतामा सञ्चालन गर्नु अनिवार्य रहेको बताएका छन् । ‘प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई यसमा गाभेर स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने अत्यन्त न्यून लागतमा यो काम सम्पन्न गर्न सकिन्छ,’ पौडेलले भनेका छन् ।




हिजो आफू स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रहँदा गेटा अस्पताल सञ्चालन गर्न तथा एमबीबीएस पठनपाठन सुरु गर्न बजेटमा नै स्रोत सुनिश्चितता गरेको उनले उल्लेख गरेका छन् ।

‘त्यतिबेला पनि स्थानीयवासीको आवरणमा केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भयो, तथापि अस्पतालको क्षमता अभिवृद्धि गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न हाम्रो पूर्ण तयारी थियो,’ पौडेलले भनेका छन् ।

गेटा अस्पताललाई तत्काल ३०० बेडमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सुल्टो र व्यावहारिक बाटो रहेको उनले औँल्याएका छन् ।

‘यसो नगरीकन न त विश्वविद्यालयको औचित्य पुष्टि हुन्छ, न त एमबीबीएसको पठनपाठन नै सुरु हुनसक्छ,’ पूर्वमन्त्री पौडेलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ३ असारमा काठमाडौं बसुन्धरास्थित ‘सिप प्रमाणीकरण कार्यक्रम’ केन्द्र उद्घाटन तयारी थियो । नेपालस्थित साउदी अरबका राजदूतले ‘स्किल भेरिफिकेसन प्रोग्राम’ (एसभीपी) औपचारिक उदेघाटन गर्ने कार्यक्रम तय थियो । तर, म्यानपावर व्यवसायीहरू केन्द्र पुगेर ब्यानर र प्रवेशद्वारमा तोडफोड गरेपछि कार्यक्रम अवरुद्ध भयो । व्यवसायीको विरोधपछि केन्द्र सञ्चालन जिम्मेवारी पाएको ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) ले सूचना जारी ...
: बसको ठक्करबाट कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिकै शनिबार मध्यरातमा मोटरसाइकलमा सवार २ जनाको मृत्युु भएको छ । तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका यशोधरा ...
। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरेका थिए । छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका ...
। त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएकोबारे छानबिन गर्न समिति बनाएको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको हो । ‘परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र सार्वजनिक भई परीक्षाको मर्यादा र विश्वसनियतामा गम्भीर प्रश्न खडा भएको हुँदा यस व्यवस्थापन संकाय डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको ...
। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत्वमा एउटै व्यक्ति ४९ वर्षसम्म निरन्तर रहेका छन् । २० देखिदेखि ४९ वर्षसम्म जिल्लाको नेतृत्व गर्नेहरू १० जिल्लामा छन् । नेरेसोको इतिहासमा सबैभन्दा बढी जिल्ला सभापति हुनेमा सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभोडेल छन् । २०३४ सालदेखि उनी निरन्तर सिन्धुपाल्चोक रेडक्रसको सभापति छन् । उनीपछि धेरै वर्ष संस्थाको नेतृत्वमा ररिहने संखुवासभाका सभापति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम