मुख्य समाचार
उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनापछि आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि निलम्बन
उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनापछि आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि निलम्बन

: वीरगन्जको नारायणी अस्पतालमा शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनापछि आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि निलम्बन गरिएको छ । शनिबार साँझ अस्पतालमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार गुप्तासहितको बैठकले घटनाको छानबिन गर्न ६ सदस्यीय छानबिन समति गठन गर्दै शनिबार आकस्मिक कक्षमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

शनिबार बिहान सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगन्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । पटेलको मृत्युपछि आक्रोशित उनका परिवारजन र गाउँलेले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड पनि गर्दा अवस्था केहिबेर तनावग्रस्त बन्न पुगेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज पनि गरेको थियो ।

उक्त घटनापछि अस्पतालकै सभाकक्षमा शनिबार साँझ बसेको अस्पताल प्रशासन, पीडित पक्ष, प्रहरी प्रशासनसहितको बैठकले घटनाका बारेमा छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा अस्पतालका डा. नीरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदी, वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकको तर्फबाट विकास पटेल र अस्पताल प्रशासनका तर्फबाट सुनीलकुमार रौनियार रहेका छन् । उक्त छानबिन समितिलाई घटनाको छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

बैठकले छानबिन समिति गठन गर्दै छानबिन समितिको प्रतिवेदन नआएसम्म अर्थात एक हप्ताका लागि आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम, डा. रामकिशोर सिंह, स्वास्थ्यकर्मी प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । यसैबीच नेपाल चिकित्सक संघले शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड र चिकित्सकमाथि भएको आक्रमणमा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ ।

आइतबार संघका केन्द्रिय अध्यक्ष डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । साथै घटनका दिन आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहितका स्वस्थ्यकर्मीलाई निलम्बन गरिएको प्रति संघले आपत्ति पनि जनाएको छ । बिरामीको उपचार सेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुको निलम्बन तत्काल फिर्ता लिन पनि संघले माग गरेको छ । अस्पतालमा तोडफोड गर्ने र चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई तत्काल कारबाही नगरिए तथा स्वास्थ्यकर्मीहरुको निलम्बन फिर्ता नलिइए संघ आन्दोलनमा उत्रिने चेतावनी समेत संघका अध्यक्ष रिजालले विज्ञप्तिमार्फत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम