मुख्य समाचार
जबरजस्ती लागु गरिएको ‘साउदी सिप प्रमाणीकरण’ केन्द्रमा सरकारको सिल
जबरजस्ती लागु गरिएको ‘साउदी सिप प्रमाणीकरण’ केन्द्रमा सरकारको सिल

। ३ असारमा काठमाडौं बसुन्धरास्थित ‘सिप प्रमाणीकरण कार्यक्रम’ केन्द्र उद्घाटन तयारी थियो । नेपालस्थित साउदी अरबका राजदूतले ‘स्किल भेरिफिकेसन प्रोग्राम’ (एसभीपी) औपचारिक उदेघाटन गर्ने कार्यक्रम तय थियो । तर, म्यानपावर व्यवसायीहरू केन्द्र पुगेर ब्यानर र प्रवेशद्वारमा तोडफोड गरेपछि कार्यक्रम अवरुद्ध भयो ।

व्यवसायीको विरोधपछि केन्द्र सञ्चालन जिम्मेवारी पाएको ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) ले सूचना जारी गर्दै एसभीपी कार्यक्रम हालका लागि स्थगित गरिएको जनाएको थियो ।

त्यसपछि पनि केही व्यवसायीले केन्द्र सञ्चालन हुन नदिने अडान लिएका थिए । उता, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष डिकबहादुर खत्री र महासचिव हरि डाँगी लगायत श्रम मन्त्रालय धाइरहेका थिए ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरूले यस विषयमा साउदी दूतावासको आधिकारिक धारणा बुझ्ने बताइरहेका थिए । अनौपचारिक रूपमा भने कुन प्रकारका श्रमिक लैजाने र उनीहरूको सिप परीक्षण गर्ने वा नगर्ने भन्ने विषय सम्बन्धित देशको नीतिगत अधिकारभित्र पर्ने प्रतिक्रिया दिइरहेका थिए ।


यसैबीच श्रममन्त्री रामजी यादव र नेपालस्थित साउदी राजदूत फहद मोहम्मद अल–इम्निखरबीच भेटवार्ता भएको थियो । भेटका क्रममा मन्त्री यादवले एसभीपी कार्यक्रम रोक्न विशेष अनुरोध गरेका थिए । जवाफमा राजदूतले साउदी सरकारसँग आवश्यक परामर्श गरेर थप जानकारी गराउने बताएका थिए ।

राजदूतको उक्त आश्वासनपछि सरकार कार्यक्रम तत्काल लागु नहुने निष्कर्षमा पुगेको थियो । तर, त्यसको केही समयमै केन्द्रमा सिप प्रमाणीकरण प्रक्रिया सुरु भइसकेको थियो ।

प्रतिश्रमिक ५० डलर भुक्तानी गरेका कामदारलाई आईटीआईले तीन घण्टाको परीक्षण गरी एसभीपी प्रमाणपत्र दिन थालेको थियो । यस्तो प्रमाणपत्र नभएका श्रमिकलाई काठमाडौंस्थित साउदी दूतावासले भिसा आवेदन नै दिन नमिल्ने बनाएको थियो ।



साउदीले समान लोड तथा अनलोड गर्ने, भरिया, ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिकको सिप परीक्षण गर्दै आएको हो ।

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले त्यहाँको श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको थियो ।

कार्यक्रम लागु भएपछि म्यानपावर कम्पनीलाई डलर भुक्तानी गर्न इमेल आएको थियो । ‘साई भिजन डिजिटल प्रालि सामाखुसी’ नामक निजी कम्पनी मार्फत ५० अमेरिकी डलर भुक्तानी गर्नुपर्ने भन्दै इमेल पठाइएको थियो ।

सरकारको अनुमति र जानकारीविनै कार्यक्रम सञ्चालन भइरहेको थाहा पाएपछि ६ साउनमा श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, सीटीईभीटी र शिक्षा मन्त्रालयको संयुक्त अनुगमन टोली केन्द्र पुगेको थियो ।

टोलीले साउदी जाने श्रमिकबाट ५० डलर शुल्क उठाएर सिप परीक्षण गराउँदै आएको उक्त केन्द्रमा सिलबन्दी गरेको थियो ।

अनुगमन क्रममा सीटीईभीटीबाट सिप तालिम सञ्चालन अनुमति मात्र लिएको आईटीआईले त्यस विपरीत सिप परीक्षण र प्रमाणीकरण समेत गरिरहेको भेटिएको थियो ।

श्रममन्त्री यादवको निर्देशनपछि खटिएको टोलीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी तोकिएको सर्तविपरीत सिप प्रमाणीकरण प्रमाणपत्र वितरण भइरहेको निष्कर्ष निकालेको थियो ।

अनुगमन टोलीका एक सदस्यका अनुसार श्रमिकमाथि आर्थिक भार थोपर्ने गरी सिन्डिकेट शैलीमा केन्द्र सञ्चालन गरिएको थियो ।

‘यो सिन्डिकेटको अर्को शैली हो, सरकारसँग अनुमति नै लिइएको छैन, सरकारलाई जानकारी नै नदिई श्रमिकमाथि आर्थिक भार थप्ने गरी केन्द्र सञ्चालन गरिएको रहेछ,’ ती सदस्यले भने, ‘कार्यक्रम जबरजस्ती लागु गर्न खोजेको पाइएपछि गैरकानुनी गतिविधि ठहर गर्दै केन्द्रमा सिलबन्दी गरेका हौं ।’

ती अधिकारीका अनुसार ऋण गरेर वैदेशिक रोजगारीमा जाने सामान्य श्रमिकबाट अतिरिक्त शुल्क उठाएर सिप परीक्षण गराउनु श्रमिकमाथिको अन्याय हो ।

अनुगमन टोलीले आफ्नो प्रतिवेदन श्रम मन्त्रालयमा बुझाउने तयारी गरेको छ । मन्त्रालयले सोही प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक निर्णय लिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने बताएका छन् । मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले सो घटनामा संलग्न दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए । उनका अनुसार प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय ...
। बाजुरा जिल्लामा रहेका सुदूरपश्चिम प्रदेशका दुई वटा प्रदेश गौरव सडकमा ३३ करोड बढी रकम फिर्ता गएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेश गौरवका सडक स्तरोन्नति र कालेपत्रेका लागि विनियोजन भएकोमा निर्माण कम्पनीले काम नगर्दा साढे ३३ करोड रुपैयाँ फिर्ता गएको हो । जिल्लाका मार्तडी–कोल्टी सडकमा गत आर्थिक वर्षको २० करोड र खप्तड–जयबागेश्वरी–गैरीखाद, डोगडी–आटीचौर ...
: कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री गीता चौधरीले मधेश प्रदेशमा सिँचाइको दीर्घकालीन व्यवस्थापन र माटोको उर्वराशक्ति सुधारका लागि विशेष रणनीति ल्याउन लागिएको बताएकी छन् । आइतबार धनुषा अनुगमनका क्रममा जनकपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि र सिँचाइ मन्त्रालयबीच सहकार्य गरेर एक एकीकृत योजना बनाइने बताइन् । उनले सिँचाइ र कृषि ...
। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेका छन् । घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको प्रहरीले जनाएको छ ...
: बसको ठक्करबाट कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिकै शनिबार मध्यरातमा मोटरसाइकलमा सवार २ जनाको मृत्युु भएको छ । तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका यशोधरा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम