मुख्य समाचार
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकताको प्रयास सहमतिउन्मुख रहेको बताए
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकताको प्रयास सहमतिउन्मुख रहेको बताए

। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकताको प्रयास सहमतिउन्मुख रहेको बताएका छन् । पार्टी एकताका लागि दबाब दिन आइतबार भेट्न पुगेका कांग्रेसबाट निर्वाचित स्थानीय तहका मेयर र अध्यक्षहरूको टोलीसँगको भेटमा सभापति थापाले यस्तो बताएका हुन् ।

शनिबार नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना नेतृत्वमा कांग्रेस जनप्रतिनिधिहरूको टोलीले सभापति थापालाई भेटेको थियो । आफूहरूसँगको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको बताएको नगरपालिका संघका अध्यक्ष ढुंगानाले बताए ।

यस्तै, सभापति थापाले कांग्रेसबाट निर्वाचित मेयर र गाउँपालिका अध्यक्षले साउन १६ गते गर्न लागेको ‘पार्टी एकताका लागि दबाब’ दिन आयोजना गर्न लागेको राष्ट्रिय भेला पनि स्थगित गर्न आग्रह गरेको ढुंगानाले बताए ।

‘हामी पार्टी भित्रको समस्या समाधानका लागि गम्भीरतापूर्वक लागेका छौं । मतभेद र बहस चर्काउनेभन्दा पनि घटाउनुपर्छ भन्ने सभापतिज्युको भनाइ थियो,’ ढुंगानाले भने, ‘तपाईंहरूको पहल राम्रो छ, तर अहिले भेला गर्ने भन्दा पनि मसिनोगरी विषयहरू टुंगो लगाउनुपर्छ भन्ने उहाँको कुरा थियो ।’


१६ गतेको भेला आवश्यक नरहेको सभापति थापाले बताएको उनले जानकारी दिए । ‘साउन १६ को भेला स्थगित गर्नुस्, आवश्यक परे बरु म आफैं बलाउनुस् भन्छु नि,’ सभापति थापाको भनाइ उधृत गर्दै ढुंगानाले भने ।

सभापति थापाले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सूक्ष्म रूपले सहमतिको खाका बनाउने तयारी भइरहेको सुनाएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।

कार्यदलका लागि इतर पक्षबाट दुई जना सदस्यको नाम मागिएको र चार सदस्यीय कार्यदल आजभोलिभित्रै गठन हुने जानकारी दिएको कार्कीले बताए ।

सभापति थापाले केन्द्रीय समिति बैठक नै पर धकलेर भए पनि सहमतिको प्रयास थालिएको बताएको कार्कीको भनाइ छ । ‘साउन तेस्रो हप्तासम्म सहमतिले सार्थकता पाउँछ,’ सभापति थापाको भनाइ उधृत गर्दै उनले भने ।

केहीदिनदेखि मेयरको यो समूहले शीर्ष नेताहरूलाई भेटेर पार्टी एकताका लागि दबाब दिइरहेका छन् । सोही क्रममा आज सभापति थापालाई भेटेको बताएका छन् ।

उनीहरूले पार्टी एकताबिना जनतालाई आशावादी बनाउन नसकिने र पार्टीको साख फर्काउन नसकिने भन्दै नेतालाई दबाब दिइरहेका छन् ।

‘नेताहरूसँग हामीले पार्टी एक नभए स्थानीय तहमा रहनुको औचित्य नरहने तर्फसमेत ध्यानाकर्षण गराएका छौं,’ शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले भने, ‘आज सभापतिज्युले त्यस्तो अवस्था नआउने कांग्रेस एक हुनेमा आश्वस्त पार्नखोज्नुभएको छ । हेरौं नतिजा के आउँछ ।’

सभापति थापासँगको भेटमा नगरपालिका संघका अध्यक्ष ढुंगाना, गाउँपालिका महासंघका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाका नगरप्रमुख विमला राई, चरिकोट नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका नगरप्रमुख कार्की, तिलागुफाका नगरप्रमुख उपाध्याय, शारदा नगरपालिकाका नगरप्रमुख भण्डारी, तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन, दबाब अभियान प्रचारप्रसार समितिका संयोजक एवं प्रेस युनियनका पूर्वकोषाध्यक्ष सरोज अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए ...
: नेपाल–भारत सीमा हुँदै स्रोत खुलाउन नसकेको नेपाली नगद बोकेर आएका एकजना विराटनगरबाट आइतबार दिउँसो पक्राउ परेका छन्। सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट साढे चार लाख नेपाली रुपैयाँ विराटनगर–६ का ३४ वर्षीय श्यामप्रसाद साह दिउँसो २ बजेतिर पक्राउ परेका हुन्। भारतबाट ई–साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागेपछि अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले रोकेर ...
। सर्वोच्च अदालतले हात्तीको संरक्षण गरी मानव हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । कतिपय ठाँउमा हात्तीलाई यातना दिइएको र अनुचित व्यवहार गरिएको भनी दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले हात्तीको संरक्षण र उनीहरुबाट हुनसक्ने मानविय नोक्सानी रोक्न ६ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले जंगली ...
। अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे ३ का २६ वर्षीय सुनिल डुम्जन छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रवीन विष्टका अनुसार डुम्जनले विभिन्न व्यक्तिलाई अमेरिकी ५० डलरको नोट देखाइ विभिन्न व्यक्तिहरूसँग ४८ ...
सत्ताको भागबण्डा गर्नेले नै प्रदेशको औचित्य सके, राप्रपालाई हतार छैन : राजेन्द्र लिङ्देन
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम