मुख्य समाचार
नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग उदघाट्न हुँदै गर्दा स्थानीय बासिन्दाले पनि आफ्ना माग हुनुपर्ने भन्दै प्रदर्शन
नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग उदघाट्न हुँदै गर्दा स्थानीय बासिन्दाले पनि आफ्ना माग हुनुपर्ने भन्दै प्रदर्शन

। नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग उदघाट्न हुँदै गर्दा काठमाडौंको चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दाले पनि आफ्ना माग हुनुपर्ने भन्दै प्रदर्शन गरेका छन् । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

सुरुङमार्गका कारण खानेपानी मुहान सुकेको भन्दै स्थानीयले मुहानको विकल्पमा आयोजनाले आजीवन पानीको व्यवस्थापन गरिदिनुपर्ने माग राख्दै आएका छन् । सुरुङ मार्गबाट बग्ने पानी खेर गइरहेको तर स्थानीयले त्यसलाई प्रयोग गर्न नपाएको उनीहरुको गुनासो छ ।

आयोजनाबाट प्रभावित स्थानीयले सुरक्षाका लागि आकाशेपुल निर्माण गर्नुपर्ने, सडक पेटी विस्तार गर्नुपर्ने, पैदलयात्रुको सहजताका लागि पर्याप्त जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको सुनिश्चितता हुनुपर्ने लगायतका माग समेत राखेका थिए । फ्लाई ओभर निर्माणको काम तत्काल अघि बढाउनुपर्ने र त्यसको नाम ‘किसिपिडी फ्लाई ओभर’ राख्नुपर्ने माग समेत उनीहरुको थियो ।

सुरुङमार्ग उदघाटनका लागि आएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । मन्त्री लम्सालले संघर्ष समितिका प्रतिनिधिहरुलाई भेटेर माग सम्बोधनको आश्वासन दिएका छन् ।


अहिले मन्त्री लम्सालले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उदघाटन गरेका गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिभुवन विश्वविद्यालयले आचारसंहिता उल्लंघन गरे परीक्षा रद्द गर्ने चेतावनी दिएको छ । व्यवस्थापन संकायका १७ हजार विद्यार्थीले परीक्षा दिइरहेको बताउँदै रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले कसैले गलत काम गरे तत्काल प्रहरीलाई बुझाउन आग्रह गरे । ‘१७ हजार विद्यार्थीको आज परीक्षा दिँदै छन् । नराम्रो गतिविधि गर्ने देखेमा राम्रो विद्यार्थीले तत्काल प्रहरीलाई जानकारी गराउनु,’ उनले भने । व्यवस्थापन संकाय, ...
। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो । हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले अवस्था सामान्य बनाउने ...
। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार राजविराजमा पनि प्रदर्शन गरिएको छ । सुनसरीको छिमेकी जिल्ला सप्तरी भएकोले जिल्लामा सुरक्षा सतर्कता सप्तरी प्रशासनले बढाएको छ । प्रदर्शनकारीहरूले राजबिराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध प्रदर्शन गरेका थिए। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग ...
। सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको जानकारी गराएका छन् । आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयहरुसँग घटनाबारे जानकारी लिइरहेको ...
। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । समितिको बैठकमा सोमबार दिउँसो २ बजे बस्ने तय भएको थियो । जसको कार्यसूचीमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था’बारे छलफल गर्ने भन्ने थियो । यो ऐनमा २०८५ फागुन १० गतेभित्र सबै निजी मेडिकल कलेज गैरनाफामूलक संस्थामा रूपान्तरण भइसक्नुपर्ने व्यवस्था छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम