मुख्य समाचार
एनपीएल सिजन ३ का लागि पोखरा एभेन्जर्सले बंगलादेशका विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसनलाई अनुबन्ध
एनपीएल सिजन ३ का लागि पोखरा एभेन्जर्सले बंगलादेशका विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसनलाई अनुबन्ध

। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले बंगलादेशका विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ ।

पोखरा सोमबार शकिबलाई तेस्रो सिजनको एनपीएलका लागि अनुबन्ध गरेको घोषणा गरेको हो ।

विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रदर्शनले पोखरा एभेन्जर्सको टोलीलाई थप मजबुत बनाउने विश्वास क्लबले लिएको छ ।

४० वर्षिय शकिबसँग विश्वका ३० भन्दा बढी फ्रेन्चाइज टिमसँग खेलिसकेको छ । बंगलादेशका पूर्व कप्तान समेत रहेका शमिबले १२९ टी२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ५५१ रन बनाएका छन् भने १४९ विकेट समेत लिएका छन् ।


यस्तै उनले सबैखाले टी२० मा गरी ४७८ खेल खेलेका छन् । जसमा उनले ७ हजार ८५३ रन बनाएका छन् भने ५१५ विकेट लिएका छन् ।

आईपीएल, बीबीएल, सीपीएल देखि विश्वका अधिकांश लिगको अनुभव भएका शकिब टी२० मा उत्कृष्ट अलराउण्डरको रुपमा चिनिन्छन् ।

विश्वस्तरीय खेलाडीलाई टोलीमा आबद्ध गर्दै पोखरा एभेन्जर्सले उपाधि जित्ने लक्ष्यलाई बलियो बनाएको जनाएको छ । साथै, नेपाली क्रिकेट समर्थकहरूलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीको खेल प्रत्यक्ष रूपमा हेर्ने अवसर प्रदान गर्ने क्लबको प्रतिबद्धतालाई पनि यस अनुबन्धले थप सशक्त बनाएको छ ।

‘शाकिब अल हसनजस्ता विश्वस्तरीय खेलाडीलाई पोखरा एभेन्जर्स परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । उहाँको अनुभव, व्यावसायिकता र उत्कृष्ट अलराउन्ड प्रदर्शनले हाम्रो टोलीलाई मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि प्रेरणा दिनेछ,’ पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहानी भन्छन्, ‘उहाँको आगमनले हाम्रो टोलीलाई थप प्रतिस्पर्धी बनाउनुका साथै नेपाल प्रिमियर लिगको आकर्षण पनि नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएका छौं। आगामी सिजनमा उहाँसँग मिलेर उत्कृष्ट नतिजा हासिल गर्ने अपेक्षा गरेका छौं ।’

एनपीएल सिजन ३ का लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेललाई रिटेन गरेको थियो भने विवेक राना मगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य तथा प्रतीक पोखरेललाई अक्सनमार्फत टोलीमा आबद्ध गरिसकेको छ ।

शकिब पहिलो विदेशी खेलाडीको रुपमा टोलीमा अनुबन्ध भएका छन् भने टोलीका मुख्य प्रशिक्षकका रूपमा श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी बलापुवाडुगे अजन्ता विन्स्लो मेन्डिस नियुक्त भइसकेका छन् ।

पोखरा एभेन्जर्सले आगामी दिनमा पनि उत्कृष्ट स्वदेशी तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको संयोजनमार्फत प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ पदकविहीन बनेकी छन्। कुमुते विधाको ६८ केजीमाथिको कास्य पदकको लागि भएको खेलमा एरिका साउदी अरेबीयाकी दिना अहमद मुस्तफासँग ८–७ ले पराजित भएकी हुन्। सेमिफाइनल खेलमा एरिका काजकिस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्। उनले क्वाटरफाइनलमा जोर्डनकी यारा नसिरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल ...
: २० औं एसियन गेम्स अन्तर्गत महिला भलिबलमा समूह चरणबाट बाहिरिएका टोलीहरुबिच भएको वरियताको खेलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजिनत गरेको हो। नेपालले किर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हराएको हो । जापानको आइची नागोयामा भइरहेको २० औं एसियन गेम्समा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गरेको थियो। ...
। कप्तान राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको छ । रामोन सान्चेज पिजुआनमा भएको खेलमा घरेलु टोली सेभियाले १९औं मिनेटमा युसुफ फोफानाको गोलबाट अग्रता लिए पनि बार्सिलोनाले त्यसको तीन मिनेटमै जवाफ फर्कायो । राफिन्हाले बक्सभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ...
। इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले पहिलो हार बेहोरेको छ । शनिबार बेलुका भएको खेलमा ब्राइटनले आर्सनललाई ३-० ले पराजित गरेको हो । ब्राइटनको जितमा पास्कल ग्रस, चारालाम्पोस कोस्तुलास र चेमा आन्द्रियसले १-१ गोल गरे । खेलको ३१औं मिनेटमा ग्रसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा कोस्तुलासले अग्रता दोब्बर पारे । आन्द्रियसले ५७औं ...
। नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनमा भइरहेको जेसीके फाइट नाइट १२३ मा घरेलु फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णय (युनानिमस डिसिजन) अनुसार पराजित गरेका छन् । चीनको शान्सी प्रान्तस्थित लुलियाङमा भएको प्रतियोगिताको मेन कार्डअन्तर्गत १३५ पाउन्ड (ब्यान्टमवेट) मा प्रतिस्पर्धा गरेका आङ्देम्बेले तीनै राउन्डमा प्रभावशाली प्रदर्शन गर्दै निर्णायकहरूको सर्वसम्मत मतबाट जित निकाले । यो जितसँगै आङ्देम्बेको पछिल्लो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम