मुख्य समाचार
काभा पुरुष भलिबल च्याम्पियनसिपमा लिग चरणका सबै खेलमा पराजित
काभा पुरुष भलिबल च्याम्पियनसिपमा लिग चरणका सबै खेलमा पराजित

। काभा पुरुष भलिबल च्याम्पियनसिपमा लिग चरणका सबै खेलमा पराजित भएको छ ।

पाकिस्तानको इस्लामावादमा भइरहेको च्याम्पियनसिपअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो ।

नेपालले लिग चरणका सबै पाँच खेलमा नै पराजित हुन पुग्यो । तीन खेलमा पाँचौं सेटमा पुगेर पराजित भएको नेपालले च्याम्पियनसिपमा ३ अंक जोड्दै अंकतालिकाको पुछारमा रह्यो ।

६ टोली सहभागी च्याम्पियनसिपमा शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । लिग चरणका बाँकी दुई खेलले सेमिफाइनल समिकरणको तय हुनेछ ।


पाँचौं स्थानको प्लेअफका लागि नेपालको प्रतिद्वन्दीको पनि टुङ्गो लाग्नेछ ।

घरेलु टोली पाकिस्तान चारै खेलमा जित हात पार्दै शतप्रतिशत नतिजाका साथ १२ अंक जोडेर शीर्ष स्थानमा छ ।

उज्वेकिस्तानको ९ र बंगलादेशको ६ अंक छ भने श्रीलंकाको ५ र कजाखस्तानको ४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले बंगलादेशका विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ । पोखरा सोमबार शकिबलाई तेस्रो सिजनको एनपीएलका लागि अनुबन्ध गरेको घोषणा गरेको हो । विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको अनुभव, नेतृत्व ...
। पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले अन्तिम लिग खेल सोमबार उज्वेकिस्तानसँग खेल्दैछ । इस्लामावादस्थित लियाकत जिम्न्यासियममा खेल नेपाली समय अन्सार विहान ११:१५ बजे सुरु हुनेछ । अहिलेसम्म खेलेको चार वटै खेलमा पराजित भएको नेपाल अझै पहिलो जितको खोजीमा छ । उज्वेकिस्तानले भने चार मध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–२ मा नेपालको यात्रा निर्णायक मोडमा पुगेको छ। विश्वकप छनोटको ढोका खोल्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि प्रत्येक खेलको नतिजा महत्त्वपूर्ण मात्रै छैन, ‘गर या मर’को अवस्था पनि छ। सोमबार नामिबियासँग हुने खेल आफूलाई प्रमाणित गर्ने अवसर मात्रै होइन, विश्वकप सपना कायमै राख्ने दौड पनि हो। नेपालको विश्वकप छनोटको ...
। काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर दोस्रो सेटमा २५–१९ को हार बेहोर्दै बंगलादेशले खेललाई बराबरीमा ल्यायो । तेस्रो सेटमा नेपालले पुनः राम्रो प्रदर्शन गर्दै २५–२१ ...
— नेदरल्यान्ड्स भ्रमणमा क्रिकेट विश्वकप लिग २ खेल्ने गएको नेपालको पुरुष क्रिकेट टोलीको ब्याटिङ प्रदर्शन हेर्ने हो भने स्पष्ट एकरुपता देख्न सकिन्छ । तर नेपालको त्यो एकरुपता कमजोर ब्याटिङ प्रदर्शन र न्युन स्कोरमा हो । एकदिवसीय क्रिकेटमा नेपालको कमजोर ब्याटिङको निरन्तरता पनि हो । पहिलो दुई खेलमा नामिबिया र नेदरल्यान्ड्ससँग क्रमशः ८ विकेट र ६ विकेटले पराजित भएपछि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम