मुख्य समाचार
गंगानारायण श्रेष्ठले प्रदेश सरकारको नेतृत्व बाँडफाँटप्रति असन्तुष्टि
गंगानारायण श्रेष्ठले प्रदेश सरकारको नेतृत्व बाँडफाँटप्रति असन्तुष्टि

— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कार्यसमन्वय समिति सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्रीका दाबेदार गंगानारायण श्रेष्ठले प्रदेश सरकारको नेतृत्व बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन्।

बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपाको भागमा मुख्यमन्त्री नपरेपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टी संयोजक प्रचण्डसँग नेतृत्व बाँडफाँटको आधारबारे स्पष्ट पार्न माग गरेका हुन्।

'प्रदेश सरकारको नेतृत्व कुन आधारमा बाँडफाँट गरियो? त्यसको जवाफ नेतृत्वले जनतालाई दिनैपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

श्रेष्ठले वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलन कमजोर बनेको उल्लेख गर्दै रूपान्तरणसहित कम्युनिस्ट शक्तिहरू एकतामा पुग्न एमालेसँग मिलेर प्रदेश सरकार गठन गर्नु उपयुक्त हुने धारणा पनि व्यक्त गरेका छन्। तर, सरकार गठनको भागबन्डा स्पष्ट, वैज्ञानिक र वस्तुगत आधारमा हुनुपर्ने उनको जोड छ।

उनले आफ्नो दाबी सुरुदेखि नै मुख्यमन्त्री पदका लागि रहेको स्पष्ट पार्दै मन्त्री बन्ने विषयमा आफूले कुनै दाबी नगरेको बताएका छन्। 'मेरो दाबी सुरुदेखि अहिलेसम्म मुख्यमन्त्रीमा थियो। एकथान मन्त्रीको लागि मेरो कुनै दाबी छैन,' उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अर्थमन्त्री स्वर्णिम वाग्लेले आज आज तीन दर्जन उद्योगपतिलाई भेट्न लागेका छन् । उद्योग क्षेत्रका समस्या पहिचान र समाधानका उपाए खोज्ने उद्देश्यले अर्थमन्त्री वाग्लेले उद्योगपतिहरुसँग भेट्न लागेका हुन् । दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने भेटघाटलाई ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ भनिएको छ । उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका उद्योगपतिहरु छलफलमा सहभागी हुदैछन् ...
। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका थिए । सुनसरीमा सरकारले नै युवाको हत्या गरेको ...
: लामो समयदेखि कुनै बिरुवा नउम्रेपछि सामुदायिक वनमा हरियाली बनाउन वनस्पति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ । २०६५ सालमा डढेलोबाट उजाड बनेको वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्न सुरु गरिएको हो । सामुदायिक वन समूहको सक्रियता तथा डिभिजन वन कार्यालय आयोजनामा १०० केजी बीउ ...
। जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा कर्फ्यु हटाएको छ । प्रशासनले यही साउन १२ गते मध्यराति सवा १२ बजेदेखि राजमार्ग क्षेत्रमा कर्फ्यु हटाएको हो । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि कर्फ्यु जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जारी गरेको सूचनामा उल्लेख ...
। पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर गएराति तानसेन नगरपालिका–१२ गाईघाट नजिकै ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङका २५ वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ...