मुख्य समाचार
लामो समयदेखि कुनै बिरुवा नउम्रेपछि सामुदायिक वनमा हरियाली बनाउन वनस्पति र घाँसका बीउ छर्ने कार्य सुरु
लामो समयदेखि कुनै बिरुवा नउम्रेपछि सामुदायिक वनमा हरियाली बनाउन वनस्पति र घाँसका बीउ छर्ने कार्य सुरु

: लामो समयदेखि कुनै बिरुवा नउम्रेपछि सामुदायिक वनमा हरियाली बनाउन वनस्पति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ ।
२०६५ सालमा डढेलोबाट उजाड बनेको वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्न सुरु गरिएको हो ।

सामुदायिक वन समूहको सक्रियता तथा डिभिजन वन कार्यालय आयोजनामा १०० केजी बीउ छर्ने लक्ष्य राखिएको छ । प्रतिकूल मौसमका कारण पहिलो दिन २० किलो बीउ मात्र छर्न सकिएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानी अनुकूल सल्लो, धुपी लगायतका वनस्पतिका बीउसँगै राई घाँस र ह्वाइट क्लोभर जस्ता घाँसका बीउ पनि मिसाएर छरिएको छ ।

लामो समयदेखि डढेलोले कालो बनेको वन पुनस्र्थापनासँगै खर्क व्यवस्थापनलाई समेत प्रभावकारी बनाउने उद्देश्यले वनस्पति र घाँस दुवैका बीउ छरेको तामाङले बताए । विसं २०६५ मा भीषण डढेलोका कारण यस क्षेत्रमा झण्डै साढे ४ सय हेक्टर वन उजाड बनेको थियो । त्यहाँ रहेका सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ ठूला रुखहरू तथा विभिन्न वनस्पति नष्ट भएका थिए ।

nullदुर्गम भौगोलिक अवस्था र कठिन भू–भागका कारण परम्परागत रूपमा बिरुवा रोप्न चुनौती भएपछि ड्रोन प्रविधिको प्रयोग गरिएको हो ।
डढेलोबाट प्रभावित ४ सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा ३० हेक्टर जमिनमा बीउ छर्ने योजना रहेको छ । यो अभियान लगातार तीन वर्षसम्म सञ्चालन गरिने वन कार्यालयले जनाएको छ । यसअघि रोपिएका विरुवा खुल्ला चरिचरन भएकाले चौरीले खाने भएकाले ड्रोनबाट बीउ छर्न लागिएको स्थानीय फुर्पु तामाङले बताए ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईले ड्रोन प्रविधिबाट बीउ छर्दा समय, श्रम र लागत पनि बचत हुने बताए । ‘डढेलोपछि माटोको उमार शक्ति कमजोर हुने भएकाले बीउमा आवश्यक पोषक तत्व समेत मिसाएर छरिएको छ । यसले बिरुवा उम्रने सम्भावना बढाउँछ’, उनले भने ।

अभियानमा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान र वन तथा भू–संरक्षण विभागको प्राविधिक सहयोग रहेको छ । डढेलोबाट १६ हजारभन्दा बढी सल्ला तथा अन्य बहुमूल्य प्रजातिका ठूला रुख नष्ट भएको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ । अघि पुनः स्थापनाअन्तर्गत ३० हजार भन्दा बढी बिरुवा रोपिएको छ भने ती बिरुवाको संरक्षणका लागि तारबार समेत गरिएको छ ।

ड्रोनमार्फत बीउ छर्ने यो नवीन अभ्यासले डढेलो प्रभावित सामुदायिक वन क्षेत्रको पुनः स्थापनामा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको जार्सागोठेन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमासाङजे तामाङले बताए । जलेर कालो भएको वनमा पुनः हरियाली बढाएर पर्यापर्यटन तथा अन्य सम्भावना रहेको तामाङ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अर्थमन्त्री स्वर्णिम वाग्लेले आज आज तीन दर्जन उद्योगपतिलाई भेट्न लागेका छन् । उद्योग क्षेत्रका समस्या पहिचान र समाधानका उपाए खोज्ने उद्देश्यले अर्थमन्त्री वाग्लेले उद्योगपतिहरुसँग भेट्न लागेका हुन् । दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने भेटघाटलाई ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ भनिएको छ । उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका उद्योगपतिहरु छलफलमा सहभागी हुदैछन् ...
। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका थिए । सुनसरीमा सरकारले नै युवाको हत्या गरेको ...
। जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा कर्फ्यु हटाएको छ । प्रशासनले यही साउन १२ गते मध्यराति सवा १२ बजेदेखि राजमार्ग क्षेत्रमा कर्फ्यु हटाएको हो । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि कर्फ्यु जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जारी गरेको सूचनामा उल्लेख ...
— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कार्यसमन्वय समिति सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्रीका दाबेदार गंगानारायण श्रेष्ठले प्रदेश सरकारको नेतृत्व बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन्। बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपाको भागमा मुख्यमन्त्री नपरेपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टी संयोजक प्रचण्डसँग नेतृत्व बाँडफाँटको आधारबारे स्पष्ट पार्न माग गरेका हुन्। 'प्रदेश सरकारको नेतृत्व कुन आधारमा बाँडफाँट गरियो? त्यसको जवाफ ...
। पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर गएराति तानसेन नगरपालिका–१२ गाईघाट नजिकै ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङका २५ वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ...